बंगलादेशसँग नेपाल पराजित, भारतसँग बंगलादेशको हार
काठमाडौं । भारतले यु–१९ साफ च्याम्पियनसिपको उपाधि जितेको छ ।
भारतको अरुणाञ्चलको गोल्डेन जुब्ली रङ्गशालामा भएको फाइनलमा भारतले बङ्गलादेशलाई टाइब्रेकरमा ४–३ गोलले हरायो । भारत साविक विजेता पनि हो ।
निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । पेनाल्टी सुटआउटमा भारत भाग्यमानी बन्यो ।
निर्धारित समयको खेलमा सुरुवाती अग्रता भारतले लिएको थियो । खेल सुरु भएको दोस्रो मिनेटमै सिंगमयुम शामीले गोल गर्दै घरेलु टोलीको उत्साह जगाउनुभयो ।
६१औँ मिनेटमा बङ्गलादेशका जोय अहमदले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभएको थियो । सेमिफाइनलमा भारतले माल्दिभ्सलाई हराउँदै फाइनलमा पुगेको थियो । बङ्गलादेशले भने नेपाललाई २–१ गोलले स्तब्ध बनाएको थियो ।
Published : Monday, 2025 May 19, 6:02 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया