राष्ट्रव्यापी रेटिङ चेसमा रुपेशको एकल अग्रता

विर्तामोड । नेपाल च्याम्पियन फिडे मास्टर रुपेश जैशवालले ५ अंकसहित एकल अग्रता लिएका छन् ।
उभौली पर्वको अवसर पारेर विर्तामोड सिटी सेन्टरमा सञ्चालित खेलमध्ये चौथो चरणमा रुपेशले झापाका सुमन श्रेष्ठलाईलाई हराए । पाँचौँ चरणमा पूर्व नेपाल च्याम्पियन पुरुषोत्तम चौलागाईंमाथि संघर्षपूर्ण जित निकाले ।
स्पर्धाको पाँच चरण खेल सक्दा झापाका पूर्व नेपाल च्याम्पियन राजन सुवेदी, प्रकाश नेपाल, पाँचथरका रिसोन थापा र सुनसरीका राजेन्द्र राई साढे ४ अंक सहित संयुक्तरूपमा दोस्रो स्थानमा रहेका छन् ।
राजनले आयोजक क्लबका ज्वाला लिम्बुलाई चौथो चरणको खेलमा निराश पारेका थिए । पाँचौँ चरणको खेलमा प्रकाश नेपालसंग बराबरी खेली अंक बाँडे । प्रकाशले चौथो चरणको खेलमा मोरङका लोक सागर साम्वालाई हराए ।
युवा खेलाडी रिशोन थापाले ललितपुरका राजन पुरीलाई पराजित गर्नु पूर्व नेपाल च्याम्पियन नवीन तण्डुकारलाई पन्छाएका थिए ।
उत्कृष्ट खेल प्रदर्शन गरेका राजेन्द्र चौथो खेलमा झापाका विक्रमजित लिम्बुसंग बराबरी खेले । पाँचौ चरणको खेलमा ललितपुरका सुरज महर्जनमाथि जित निकाले ।
काठमाडौंका सिएम नवीन तण्डुकार, सिएम पुरुषोत्तम चौलागाईं, सुमन श्रेष्ठ, खोटाङका धिरेन राई, ज्वाला लिम्बू, राजनकुमार पोखरेल, सुनसरीका हिमाल राई, चुडामणि राई कुलुङ, सुरज राय, मणिराज डाँगी, राज लिम्बू, सचिनकुमार चौधरी र किरण लिम्बूले समान ४ अंक जोडेका छन् ।
क्लासिकल ९ चरणको स्वीस लीग प्रणाली खेलका विजेताले नगद पुरस्कार ५१ हजार, उपविजेताले ३५ हजार र तेस्रो स्थान रहनेले ३० हजार हात पार्नेछन् । प्रतियोगिताको कूल नगद पुरस्कार ३ लाख ३५ हजार रहेको छ ।
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया