नेपाल एयरलाईन्सको बहुमत सेयर निजी क्षेत्रलाई दिनुपर्छ : कांग्रेस सांसद डा.महत

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवम् पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले नेपाल एयरलाईन्सको बहुमत सेयर निजी क्षेत्रलाई दिनुपर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद डा.महतले भने, ‘नेपाल एयरलाइन्सलाई बहुमत सेयर निजी क्षेत्रमा दिनै पर्छ । यही संरचनाले जहाज किन्ने यो त्यो गर्नुभयो भने यो काहिँ पनि पुग्दैन ।’

उनले भने, ‘पर्यटन भित्र्याउनको लागि नेपाल एयरलाईन्सलाई भाइब्रेन्ट बनाउन जरुरी छ । इन्टरनेश्नल रुट जति पनि छ, हामीले प्राप्त गरेका छौँ त्यसको प्रयोग गर्न जरुरी छ ।’

‘त्यसलाई प्रयोग गर्नको लागि सरकारी कन्ट्रोलले हुँदैन । सरकारी कन्ट्रोलबाट मुक्त हुन जरुरी छ’, डा.महतले भने, ‘बहुमत सेयर यहि वर्ष अध्ययन गरेर निजी क्षेत्रलाई दिन जरुरी छ ।’

Published : Thursday, 2025 May 15, 3:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया