मन्त्री राणाद्वारा सबै वडा र पालिकाका कांग्रेस सभापतिहरूसँग विकास योजनाबारे संयुक्त छलफल

प्यूठान । लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री रोज राणाले आर्थिक वर्ष ०८२/८३ को बजेटमा गृहजिल्ला प्यूठानको विकासका कार्यक्रमहरूका बारेमा नेपाली कांग्रेसका स्थानीय नेताहरूसँग छलफल गरेका छन् ।
आइतबार प्यूठानको जुम्रीमा कांग्रेसका वडा, पालिका सभपातिहरूसँग मन्त्री राणाले विकास योजनाका विषयमा परामर्श गरेका हुन् । उनले प्यूठान जिल्लामा आवश्यक पर्ने तत्काल र दीर्घकालीन योजनाहरूको जानकारी माग गरेका छन् ।
नेपाली कांग्रेस प्यूठान क्षेत्र नं. २ का क्षेत्रीय सभापति समेत रहेका मन्त्री राणाले प्यूठानको इतिहाँसमा पहिलो पटक वडा र पालिकाका कांग्रेसका जनप्रतिनिधि तथा सभापतिहरूलाई एउटै कोठामा राखेर विकासका योजनाका विषयमा छलफल गरेका छन् ।
मन्त्री राणाले प्यूठानका ६४ वटै वडाका कांग्रेसका सभापति र ९ वटा पालिकाका सभापतिहरूलाई छलफलमा बालाएका थिए । कांग्रेसका वडा सभापति र पालिकाका सभापतिहरूले विकास निर्माण र कार्यक्रमहरूका विषयमा मन्त्री राणालाई सुझाव दिँदै यस प्रकारको परामर्श गरेर नयाँ शुरुवात गरेको भन्दै धन्यवाद दिएका छन् ।
बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया