कोप चेसकाे उपाधि रुपेश जैसवालद्वारा कब्जा

ललितपुर । राष्ट्रिय सहकारी महासंघको आयोजनामा सञ्चालन भएको दोश्रो खुल्ला कोप रापिड रेटिङ चेस प्रतियोगिताको उपाधि नेपाल च्याम्पियन एफएम रूपेश जैसवालले जितेका छन् ।
प्रभु महालक्ष्मी जीवन बीमाको मुख्य प्रायोजन रहेको प्रतिस्पर्धामा रुपेशले नौ चरणको खेलमा ८ अंक प्रोग्रेसिभ ५२ प्वाइन्टका आधारमा विजेता बन्न सफल भएका छन् ।
यससँगै रुपेशले नगद १० लाख बराबरको आवधिक जीवन बिमा तथा नगद रू.४० हजार, ट्रफी, गोल्ड मेडल र प्रमाणपत्र हात पारेका छन् ।
नेपाल बुद्धिचाल महासंघको प्राविधिक सहयोगमा दुई दिन सम्पन्न स्पर्धामा समान ८ अंक जोडेका एफएम क्षितिज भण्डारी ५१ प्रोग्रेसिभ प्वाइन्ट प्राप्त गर्दै दोश्रो स्थानमा रहन सफल भएका छन् ।
एफएम क्षितिजले ७ लाख बराबरको आवधिक बिमा सहित नगद पुरस्कार रू. २५ हजार, शिल्भर मेडल तथा प्रमाणपत्र हात पारेका छन् ।
यस्तै अन्य आठ जना खेलाडीले समान ७ अंक जोडेर शीर्ष दशौं स्थान ओगटेका छन् । जसमा सिएम पुरुषोत्तम सिलवालले ५४.५ प्रोग्रेसिभ प्वाइन्ट जोडेर तेश्रो स्थान प्राप्त गरेका छन् ।
सिएम पुरुषोत्तम सिलवालले ५ लाख बराबरको जीवन बीमा र नगद पुरस्कार रू. १५ हजार ब्रञ्ज मेडल, प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा प्रकाशचन्द्र नेपाल, आशिष फुँयाल, भारतका आशुतोषकुमार यादव, हर्कबहादुर चोङ्वनङ, धिरेन राई, अशोक मोहन श्रेष्ठ र शैलेन्द्र न्यौपाने क्रमशः चौथोदेखि दशौं स्थानमा रहँदै नगद पुरस्कार प्राप्त गरेका छन् ।
यसैगरी महिला विधातर्फ ५.५ अंकमा शान्ति धिमालले उत्कृष्ट बन्दै प्रथम पुरस्कार नगद रू. ७ हजार प्राप्त गरेकी छिन् ।
यस्तै ५ अंक जोडेकी बिनिता कपालीले दोश्रो बन्दै नगद रू. ६ हजार र सिन्दिरा जोशीले तृतीय हुँदै नगद रू. ५ हजार प्राप्त गरेकी छिन् ।
क्रमशः उत्कृष्ट नव प्रवेश खेलाडी स्पर्श अर्याल, सिनियर खेलाडी बद्रीलाल नेपाली, १८ सय रेटिङमुनि सुरज सिंह, १६ सयमुनि उज्वल दहाल, युवा १६ वर्ष सुभन्दीप थापा, युवा १४ हार्दिक पन्त, उत्कृष्ट बीमा गोविन्द नेपाल र उत्कृष्ट सहकारी रामशरण तिमल्सिनाले नगद पुरस्कार जितेका छन् ।
कार्यक्रममा भेट्रान चेस खेलाडी सीताराम अग्रवाल, फोटोग्राफर देवु राजवंशी, ग्राफिक डिजाइनर विश्वराज सापकोटा, गुल्मीजी र हरिश्यामलाई सम्मान प्रदान गरिएको छ ।
यसैबीच विजेता खेलाडीलाई नेपाल सरकारका भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पुरस्कार वितरण गरेका छन् ।
समापन समारोहमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष श्रीमती ओमदेवी मल्ल, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईं, नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन, महाप्रबन्धक सुरेश थापाको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया