कांग्रेस निकटको ब्याडमिन्टन संघको अध्यक्षतामा सविन ढुङ्गेल चयन

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघको विधानको भाग १० को धारा ४१ को उपधारा ३ बमोजिम लोकतान्त्रिक खेलकुद संघ मातहत रहने गरि सविन ढुङ्गेलको अध्यक्षताामा लोकतान्त्रिक ब्याडमिन्टन संघ, नेपालको गठन भएको छ ।

नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय सचिव राजुविक्रम थापाको प्रमुख आतिथ्यता, लोकतान्त्रिक खेलकुद संघको प्रतिनिधि केन्द्रीय सदस्य एवं प्रवक्ता दामोदर अर्याल तथा केन्द्रीय सदस्य अनिल अधिकारीको उपस्थितिमा भएको अधिवेशनले ढुङ्गेलको अध्यक्षतामा २७ सदस्यीय संघ गठन गरेको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा दानबहादुर तामाङ्ग, उपाध्यक्षमा दीपेन्द्र बस्नेत, महासचिवमा ईन्द्र दाहाल, उप–महासचिवमा इश्वर आचार्य, सचिवमा रणबहादुर ऐरी, सह–सचिवमा राजेन्द्र तामाङ्ग, कोषाध्यक्षमा सन्तोष श्रेष्ठ र सह–कोषाध्यक्षमा अभिषेक चालिसे रहेका छन् ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपमा भएको अधिवेशनबाट संघको सदस्यहरूमा सुनिल होना, प्रतीक श्रेष्ठ, राम राई, विसन श्रेष्ठ, राजु राई, धनबहादुर भण्डारी, गोपाल श्रेष्ठ, प्रज्वल घिमिरे, शरद तामाङ्ग, कृष्टिना प्रजापती, निरुपा श्रेष्ठ, राजेन्द्र महर्जन, सरुषा मगर, निरन जोशी, ओमप्रकाश घिमिरे, विष्णु गोपाल गड्तौला, केदारप्रसाद आचार्य र रविन्द्र महर्जन रहेका छन् ।

गठन पश्चान अध्यक्ष ढुङ्गेलले नेपाल लोकतान्त्रिक खेलकुद संघको मूल्य र मान्यताभित्र रहि नेपाली कांग्रेस र लोकतन्त्रप्रति आस्थावान ब्याडमिन्टन खेलाडी तथा खेलकर्मीहरूलाई समेट्दै लोकतान्त्रिक पद्धतिबाट ब्याडमिन्टन खेलको विकास र विस्तारमा दत्तचित्त भएर लाग्ने बताए ।

उनले हाल छुटेका लोकतन्त्रवादी साथीहरूलाई आगामी दिनमा समेटेर ब्याडमिन्टन खेलको विकासमा हातेमालो गर्दै अगाडि बढ्ने बताए ।

लोकतान्त्रिक ब्याडमिन्टन संघ नेपाल लोकतान्त्रिक खेलकुद संघ अन्तरगतको पहिलो खेलगत संघ भएको छ ।

Published : Friday, 2025 May 9, 4:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया