पाकिस्तानले सार्वभौमिकताको आवरणभित्र आतंकी संरचनालाई संरक्षण दिएका छ : कांग्रेस सांसद चौधरी

काठमाडौं । नेपाली कांग्रेसकी सांसद चन्दा चौधरीले पाकिस्तानले आतंकवादलाई संरस्थागत संरचनालाई संरक्षण गरेको कारण भारतले गरेको कारबाही उपयुक्त रहेको बताएकी छिन् ।

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद चौधरीले ओसामा विन लादेन लगायतका आतंकवादीहरूलाई पाकिस्तानले सैन्य क्षेत्रमा लुकेर बस्न बास दिएको बताइन् । उनले भनिन्, ‘पाकिस्तानको संस्थागत आतंकवाद सम्प्रभुत्ताको दुरुपयोग पाकिस्तानले वर्षौंदेखि सार्वभौमिकताको आवरणभित्र आतंकी संरचनालाई संरक्षण दिँदै आएको छ ।’

‘यसको प्रमाण इतिहाँसले पंक्तिवद्ध रुपमा प्रस्तुत गरेको छ । ओसामा विन लादेनको एउटा वास सैन्य क्षेत्रभित्र सुरक्षित वास पाकिस्तान सरकारको मौन सहमतिको नमूना थियो’, उनले भनिन्, ‘जैस ए मोहम्मद लस्कर ए तैयबा जस्ता संगठनहरूलाई मात्रै होइन तिनका नेताहरूलाई सामरिक मञ्च दिनु संस्थागत संरक्षण हो ।’

सांसद चौधरीले भनिन्, ‘एफएपिएफको ग्रे लिष्टमा निरन्तरको परिस्थिति पाकिस्तान अब बेशिक वित्तीय अनुशासनको परिस्थिति बाहिर धकेलिन थालेको प्रमाण हो ।’

‘संयुक्त राष्ट्र संघको चार्ट अनुच्छेद ५१ अनुसार प्रत्येक राष्ट्रलाई आफ्नो नागरिकको सुरक्षार्थ आत्मरक्षा गर्न पाउने अधिकार सुनिश्चित गरिएको छ,’ सांसद चौधरीले भनिन् ।

‘भारतको हालको कारबाही पूर्व सक्रिय रणनीति प्रतिरोधको मानक हो । चरमपन्थी हमला रोक्न गरिएको सैन्यप्रति उत्तर, दक्षिण एशियाको रणनैतिक स्थायित्वको हितमा केन्द्रित रहेको छ,’ उनले भनिन् ।

‘सो कारबाही हिंसा फैलाउने, राष्ट्रको विरुद्ध शान्तिपूर्ण राष्ट्रको विवेकशील प्रतिक्रिया हो । नेपालको गुट निरपेक्षता नीति ऐतिहाँसिक सन्दर्भमा सटिक थियो । आज तटस्थता र स्पष्टताको बीचको विभाजन गरिएको छ,’ चौधरीले भनिन् ।

उनले भनिन्, ‘राजनीतिक तटस्थता र नैतिक स्पष्टता दुई पृथक धारणा हुन् । नेपालले अब नीति आधारित संलग्न पिस फर इन्गेजमेन्टको बाटो लिनुपर्छ । जहाँ मानवता, लोकतन्त्र, आतंकवाद विरोधीहरू प्रष्ट रुपमा संरक्षित हुन्छ ।’

कांग्रेस सांसद चौधरीले भनिन्, ‘दक्षिण एशियाको उत्तरदायी शक्ति भारत केवल एक छिमेकी मात्रै होइन सञ्चालक शक्ति हो । जसले दक्षिण एशियाको रणनीतिक सन्तुलन, व्यापारिक मार्ग, प्राविधिक पहुँच र आतंकवाद विरोधी पहलहरूलाई अगाडि बढाइरहेको छ ।’

‘भारतले जी २०, यूएन पिस किपिङ, ब्रिज र बिमस्टेक जस्ता बहुपक्षीय संयन्त्रणहरूमा अग्रणी भूमिका निर्वाह गर्दै नियममा आधारित विश्व व्यवस्थाको बचाउ गरिरहेको छ । नेभर हुड फस्ट नीतिमार्फत भारतले नेपालसहित सम्पूर्ण क्षेत्रलाई सम्मान र स्थायित्वको मार्ग देखाइरहेको छ,’ उनले भनिन् ।

‘यो संसद राष्ट्रको आवाज हो । मौन रहने थलो होइन । हामीले स्पष्ट भन्नुपर्दछ पाकिस्तान आतंकवादको संरक्षण किन गर्दछ ? भारतको कारबाही अन्तर्राष्ट्रिय, कानूनी, नैतिक र रणनीतिक दृष्टिले बैध र आवश्यक छ । नेपालले अब पहिला पनि गर्दै आएको छ,’ चौधरीले भनिन् ।

‘अब पनि न्याय, मानवता र शक्तिपूर्ण अन्तर्राष्ट्रिय प्रणालीको स्पष्ट पक्षपोषण गर्नुपर्दछ,’ कांग्रेस सांसद चौधरीले भनिन् ।

‘हामी शान्तिप्रेमी छौँ र न्याय बिहीन शान्तिसहितको सुनिश्चितताको नाममा आतंकित स्वीकारोक्ति वा रणनीतिक विकेक दिने होइन । रणनीतिक विवेकहीन तटस्थता अब नेपालका लागि उपयुक्त मार्ग होइन । हामी नेपालबाट पनि, हामी नेपाली पनि हाम्रो छिमेकी या कुनै पनि देशलाई आतंकले घेराबन्द ग¥यो वा वहाँहरूको पक्षमा बोल्ने स्पष्ट नीति र स्पष्ट धारणा आउनुपर्छ,’ सांसद चौधरीले भनिन् ।

Published : Friday, 2025 May 9, 1:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया