सुनवलमा १० र ८ वर्षीय दाजुभाइ मृत अवस्थामा फेला
सुनवल । नवलपरासीको सुनवल नगरपालिका –६ सगरमाथा टोलमा रहेको पोखरीमा दुई दाजुभाइ मृत फेला परेका छन् ।
शुक्रबार घरबाट खाना खाएर हिँडेका दाजुभाइ साझँ करिब ५ बजे पोखरीमा मृत फेला परेको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरूमा सुनवल नगरपालिका वडा नं. ६ पुलटोल निवासी विष्णु कवंरका १० वर्षीय छोरा विप्सन कवंर र ८ वर्षीय छोरा दिप्सन कवंर रहेको ईलाका प्रहरी कार्यालय सुनवलका प्रमुख सन्तोष पौडेलले बताएका छन् ।
पोखरीमा एक मृत बालक तैरिहरेको स्थानीयले देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए ।
पोखरीको छेउमा दुईवटा बालकको कपडा देखेपछि अर्को बालक पनि त्यहिँ पोखरीमा डुबेको हुनसक्ने प्रहरीले अनुमान गरेको थियो ।
प्रहरी र स्थानीयले पोखरीभित्रै पसेर खोजीगर्दा पोखरीभित्र गडेको अवस्थामा अर्को मृत बालक फेला परेको थियो । उनीहरू दुवै जनसेवा माध्यामिक विद्यालयमा कक्षा २ र कक्षा ४ मा अध्ययनरत हुन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया