प्रथम आईजीपी कप पुरूष क्रिकेट प्रतियोगिता सुरू

काठमाडौं । नेपाल प्रहरी खेलकुद समिति महाराजगंजको आयोजनामा प्रथम आईजीपी कप पुरूष क्रिकेट प्रतियोगिता २०८१ सुरू भएको छ ।
साेमबार काठमाडौंको मूलपानी क्रिकेट मैदानमा नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव तथा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदीप गिरीले उद्घाटन गरेका छन् । गिरीले शान्ति सुरक्षा अमन चयन कायम राख्ने, अपराध नियन्त्रण र अनुसन्धान गर्ने जस्तो गहन जिम्मेवारी बोकेको नेपाल प्रहरीको कार्य प्रकृति खेलकुदभन्दा फरक किसिमको रहेको बताए ।
उनले नेपाली खेलकुदको इतिहासमा विभिन्न खेलका स्तरीय खेलाडी उत्पादनमा नेपाल प्रहरीको उच्च योगदान रहँदै आएको बताए ।
सीमित स्रोत साधनका बीच यस्ता प्रतियोगिता संचालन गर्न चुनौतीपूर्ण रहेको बताउँदै एआईजीपी गिरीले प्रतियोगिता त्रुटीरहित ढंगबाट संचालन गर्न प्रतियोगिता संचालन तथा व्यवस्थापनमा खटिने सबैजना दत्तचित्त भएर लागि पर्न निर्देशन दिएका छन् ।
प्रतियोगितामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र ७ वटै प्रदेश प्रहरी कार्यालयका गरी ८ टिमको सहभागिता रहेको छ ।
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया