नुवाकोट खेलकुदको भौतिक पूर्वाधारमा पछाडि छ, म सहयोग गर्छु : मन्त्री महर्जन

पिपलटार । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले नुवाकोट जिल्ला खेलकुदको क्षेत्रमा भौतिक पूर्वाधारमा निकै पछाडि रहेको बताएका छन् ।
मंगलबार नुवाकोट जिल्लाको बिदुर नगरपालिका वडा नं. ५ पिपलटारमा ‘प्रथम खेलकुद तथा पर्यटन महोत्सव २०८१’लाई सम्बोधन गर्दै मन्त्री महर्जनले आगामी वर्षको बजेटमा खेलकुद क्षेत्रका लागि नुवाकोटले राम्रो बजेट पाउने बताए । उनले नुवाकोटमा खेलकुदको पूर्वाधार बनाउन आफूले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
मन्त्री महर्जनले भने, ‘नुवाकोट जिल्लामा खेलकुद विकास र विस्तारको निमित्त मैले धोलिरहनु पर्छ भन्ने लाग्दैन । यो जिल्लाको नेता मुख्यमन्त्री हुनुहुन्छ ।’

‘बागमती प्रदेशको खेलकुद परिषदको सदस्यसचिव दीपक लामाजी हुनुहुन्छ । विजय गुरुङ भाइ करातेको राष्ट्रिय खेलाडी हुनुहुन्छ’, मन्त्री महर्जनले भने ।
‘खेलकदुका लागि नुवाकोट जिल्लामा भौतिक पूर्वाधारहरू बन्न धेरै बाँकी रहेछ । अवसर नपाएको होइन’, उनले भने, ‘यो जिल्लाको नेता अर्थमन्त्री पनि पटक पटक हुनु भएको, उर्जामन्त्री पनि हुनु भएको, परराष्ट्रमन्त्री पनि हुनु भएको, शहरी विकासमन्त्री पनि हुनु भएको, स्वास्थ्यमन्त्री पनि हुनु भएको, धेरै मन्त्रालय सम्हालिसकेको उदाहरण छ ।’
‘खेलकुदमा भौतिक पूर्वाधार भएको देखिएन । अबको दुई महिना पछाडि बजेट निर्माणको प्रक्रिया शुरु हुन्छ’, उनले भने, ‘सदस्य सचिवको नजर पर्ने नै भयो । नुवाकोटमा के के आवश्यक्ता पर्छ बागमती प्रदेश सरकारको क्षमताले भ्याएसम्म प्राथमिकतामा राखे योजना राखिनेछ ।’

खेलकुदमन्त्री महर्जनले भने, ‘मुख्यमन्त्री बहादुरसिंह लामाले नुवाकोटमा राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता गर्नुपर्छ भनेर दुई पटक भनिसक्नुभयो । दुई महिनाको अन्तरालमा कुन प्रतियोगिता हुन्छ ? सल्लाह गरेर कुन खेल उपयुक्त हुन्छ । मुख्यमन्त्री कप राष्ट्रिय प्रतियोगिता गर्ने प्रतिवद्धता गर्दछु ।’
‘बागमती सरकारले के के सहयोग गर्नुपर्छ गर्ने छौँ । बहादुरसिंह लामा मुख्यमन्त्री बनेपछि नुवाकोटमा धेरै काम भएको छ । म युवा तथा खेलकुदमन्त्री छु, मभन्दा माथि मुख्यमन्त्री बहादुरसिंह लामा हुनुहुन्छ । अब आउने बजेटमा नुवाकोटमा खेलकुदमा राम्रो बजेट र योजना पर्नेछ’, मन्त्री महर्जनले भनेका छन् ।
महोत्सवमा युवा तथा खेलकुदमन्त्री महर्जनले खेलकुदमा विजेता खेलाडीहरूलाई पुरस्कार वितरण गरेको बागमती प्रदेश खेलकुद परिषदका सदस्य सचिव दीपक लामाले बताए । त्यस क्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत गरिएको थियो ।

बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया