खेलकुदमन्त्री महर्जनद्वारा टेबुलटेनिसका विजेतालाई पुरस्कार वितरण

जावलाखेल । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले छैठौँ इन्टरटेनमेन्ट टेबलटेसिन (इटीटी) प्रतियोगिताका विजेता खेलाडीहरूलाई पुरस्कार वितरण गरेका छन् ।
शनिबार राति नख्खुमा सम्पन्न प्रतियोगिताका विजेतालाई मन्त्री महर्जनले मेडल र पुरस्कारहरू प्रदान गरेका हुन् । उनले टेबलटेनिस प्रतियोगिताका विजेता खेलाडी र आयोजकहरूलाई बधाई दिएका छन् । प्रतियोगिता सम्पन्न गर्न आफैमा चुनौतीपूर्ण कार्यरहेको मन्त्री महर्जनले बताएका छन् ।
मन्त्री महर्जनले बागमती प्रदेशमा सबैभन्दा धेरै खेलकुद प्रतियोगिता हुने गरेको बताए । उनले बागमती प्रदेशलाई खेलकुदको हब बनाउन आफूले सक्रियताका साथ काम गरेको बताए । उनले खेलकुदसम्बन्धी कानून नभएका कारण काम गर्न समस्या भएपछि फास्टट्रयाकबाट विधेयक पारित गराएर कार्यसम्पादनमा लागेको बताएका छन् ।
टेबलटेनिस प्रतियोगितामा प्रथम हुनेमा अनिता महर्जन, मुकेश महर्जन र राजेन्द्र बज्राचार्य रहेका छन् । प्रथम हुने तीन जनाले थाइल्याण्ड भ्रमणका लागि टिकेटसहितको प्याकेज पाएका छन् । उनीहरूले मेडल पनि पाएका छन् ।
प्रतियोगितामा हरिप्रसाद खरेल, राम महर्जन र रविन्द्र शाक्य दोस्रो भएका छन् । उनीहरूले पोखरासम्मको टिकटसहितको घुम्ने प्याकेज पाएका छन् । उनीहरूले पनि मेडल प्राप्त गरेका छन् ।
तेस्रो हुनेमा किरण व्यञ्जनकार, डिकेन महर्जन र चिरिकाजी महर्जन रहेका छन् । उनीहरूले मोबाइल सेट र मेडल पाएको आयोजकले जनाएको छ ।
पुरस्कार वितरण कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महर्जनका साथै बागमती प्रदेश खेलकुद परिषदका सदस्य रवि महर्जन, ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन, अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष विजेन्द्र हमाल, र महासचिव कुवेर राना, इन्टरटेनमेन्ट टेबलटेनिस प्रतियोगिताका अध्यक्ष सुमन खड्गी लगायतको उपस्थिति रहेको थियो ।
छैठौं इन्टरटेनमेन्ट टेबलटेनिस प्रतियोगितामा काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाका क्लवसमेत गरि १३२ जना खेलाडीले सहभागिता जनाएका थिए । प्रतियोगितामा भाग लिन आएका खेलाडी, प्रशिक्षक, कर्मचारीहरूलाई आयोजकले खाजा र खानाको व्यवस्था समेत गरिदिएको थियो ।
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया