एपीएफलाई एन्फा महिला लिगको उपाधि, परराष्ट्रमन्त्री डा.राणाद्वारा ट्रफी प्रदान
काठमाडौं । एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई ४–० ले हराउँदै एन्फा महिला लिगको ट्रफी उचालेको छ ।
बुधवार काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा एपीएफका लागि सबिता राणा मगरले २, अनु लामाले १ र सरु लिम्बुले १ गोल गरेका थिए । विजेता टिमलाई परराष्ट्रमन्त्री डा.आरजु राणाले ट्रफीसहितको पुरस्कार प्रदान गरेकी छिन् । डा.राणाले विजेता टिम, खेलाडी र सम्पूर्ण आयोजकलाई बधाइ तथा धन्यवाद दिएकी छिन् ।
एपिएफका लगि चौथो गोल अनु लामाले ९०+५ मिनेटमा गरेकी थिइन् । एपिएफकी अनुभवी खेलाडी अनुको यो अन्तिम घरेलु फुटबलको म्याच थियो ।
तीन चरणमा भएको एन्फा महिला लिगको अन्तिम चरणमा पाँच टोली भिडेका छन् । जसमा शीर्ष चार टोली प्लेअफमा पुगेका थिए ।
प्लेअफअन्तर्गत दुई वटा क्वालिफायर र एउटा एलिमिनेटर भएको थियो । एपिएफले लिगको उपाधि जित्ने क्रममाअपराजित रहदै उपाधि उचाल्न सफल भयो ।
एपिएफले समग्रमा छैटौं पटक उपाधि जितेको हो । सन् २०१७–१८ पछि भने एपिएफले लगातार चार पटक उपाधि जित्न सफल भयो ।
यसैबीच, परराष्ट्रमन्त्री डा.राणाले एन्फा महिला लिग फुटबल प्रतियोगिताको विजेता टिम एपीएफ क्लबलाई बधाई दिएकी छिन् । उनले उपविजेता नेपाल पुलिस क्लब र यस फुटबल लिगका सबै सहभागी टिमलाई आगामी दिनका लागि सफलताको शुभकामना व्यक्त गरेकी छिन् ।
उनले भनेकी छिन्, ‘त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज प्रतियोगिताको फाइनल खेल हेर्ने तथा ट्रफी वितरण गर्ने अवसर प्राप्त भयो । यो अवसर प्रदान गर्नुहुने आयोजक तथा खेलाडी टिम सबैलाई धन्यवाद ज्ञापन गर्दछु ।’
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया