बार्सिलोनाको खेलमा पराजित
लण्डन । अघिल्लो खेलमा रियाल मड्रिडविरुद्ध सनसनीपूर्ण जित दर्ता गरेको बार्सिलोनाको खेलमा भने पराजित भएको छ ।
आइतबार राति भएको स्पेनिस ला लिगा अन्तर्गतको खेलमा घरेलु रंगशालामा रियाल सोसिडाडले बार्सिलोनालाई १–० ले स्तब्ध पारेको हो ।
सोसिडाडलाई जित दिलाउन सेराल्डो बेकरले खेलको ३३औं मिनेटमा गोल गरे । खेलको निर्धारित समयमा ७० प्रतिशत समय बलमा नियन्त्रण र सोसिडाडको पोस्टतर्फ ११ प्रहार गरे पनि बार्सिलोनाले गोल गर्न सकेन ।
लिगमा दोस्रो पराजयका बाबजुद बार्सिलोना ला लिगाको शीर्षस्थानमा कायमै छ । उसले १३ खेलबाट ३३ अंक बनाएको छ । दोस्रो स्थानको रियाल मड्रिडको १३ खेलबाट २७ अंक छ ।
विजेता सोसिडाड भने आठौं स्थानमा उक्लिएको छ । ला लिगामा भएका खेलमा जिरोनाले गेटाफेलाई हराएको छ भने भालाडोलिड र एथ्लेटिको क्लबले एक–एक गोलको बराबरी खेलेका छन् । मायोर्का, एट्लेटिको मड्रिडसँग १–० ले पराजित भएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया