बार्सिलोनाको खेलमा पराजित

लण्डन । अघिल्लो खेलमा रियाल मड्रिडविरुद्ध सनसनीपूर्ण जित दर्ता गरेको बार्सिलोनाको खेलमा भने पराजित भएको छ ।
आइतबार राति भएको स्पेनिस ला लिगा अन्तर्गतको खेलमा घरेलु रंगशालामा रियाल सोसिडाडले बार्सिलोनालाई १–० ले स्तब्ध पारेको हो ।
सोसिडाडलाई जित दिलाउन सेराल्डो बेकरले खेलको ३३औं मिनेटमा गोल गरे । खेलको निर्धारित समयमा ७० प्रतिशत समय बलमा नियन्त्रण र सोसिडाडको पोस्टतर्फ ११ प्रहार गरे पनि बार्सिलोनाले गोल गर्न सकेन ।
लिगमा दोस्रो पराजयका बाबजुद बार्सिलोना ला लिगाको शीर्षस्थानमा कायमै छ । उसले १३ खेलबाट ३३ अंक बनाएको छ । दोस्रो स्थानको रियाल मड्रिडको १३ खेलबाट २७ अंक छ ।
विजेता सोसिडाड भने आठौं स्थानमा उक्लिएको छ । ला लिगामा भएका खेलमा जिरोनाले गेटाफेलाई हराएको छ भने भालाडोलिड र एथ्लेटिको क्लबले एक–एक गोलको बराबरी खेलेका छन् । मायोर्का, एट्लेटिको मड्रिडसँग १–० ले पराजित भएको छ ।
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया