दशैँको बेला पुरुष र महिलाहरुको शव फेला
काठमाडौं । कैलाली जिल्लासहित विभिन्न स्थानमा महिला र पुरुषहरुको शव फेला परेका छन् ।
कैलालीको धनगढी उपमहानगरपालिका १८ डिपो बजार बस्ने सरिता पौडेल सोही ठाउँस्थित नालामा बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
उता, चितवनको भरतपुर महानगरपालिका ७ कटहर चोक बस्ने ५३ वर्षीया दिलमाया थापा सोही महानगरपालिका २६ भगडिस्थित नारायणी नदीमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
मोरङको रतुवामाई नगरपालिका(१० ताम्राङे टोलस्थित कट्नु खोलामा सोही ठाउँ बस्ने ३८ वर्षीय बखतबहादुर मगर बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
नवलपुरको गैंडाकोट नगरपालिका ७ काभ्रेघाटस्थित नारायणी नदीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
Published : Friday, 2024 October 11, 9:39 pm
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया