दशैँको समयमा जुवातास खेलिरहेका ६० जना पक्राउ

काठमाडौं । दशैँको समयमा जुवातास खेलिरहेको अवस्थामा देशका विभिन्न स्थानबाट ६० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कैलालीको गौरीगंगा नगरपालिका १ चौमालास्थित न्यू साउद होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका १ गोप्का बस्ने ३४ वर्षीय टेकबहादुर बुढा समेत ७ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८१ हजार ९ सय ४१ रूपियाँ र ४ गड्डी ताससहित पक्राउ गरेको छ ।

यसैगरी कैलालीको गोदावरी नगरपालिका २ तेधरी सामुदायिक वनमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४१ वर्षीय जगुराम चौधरी समेत ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतिबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २२ हजार ९ सय ५५ रूपियाँ र ३ गड्डी ताससहित पक्राउ गरेको छ ।

यता, ललितपुर महानगरपालिका २९ हरिसिद्धीस्थित नारायण घिमिरेको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका १५ खुमलटार बस्ने ५० वर्षीय नन्दीकेशर घिमिरे समेत ६ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी परिसर ललितपुर तथा प्रहरी प्रभाग बाडेगाउँ समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २५ हजार ४ सय ५५ रूपियाँ र १० बुक ताससहित पक्राउ गरेको छ ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका ४ किचाई बस्ने प्रकाश ऐरको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका ५ बस्ने ३५ वर्षीय दिलबहादुर चौधरी समेत १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रदेश प्रहरी कार्यालय धनगढी, कैलाली र इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २७ हजार ९ सय ७२ रूपियाँ र २ गड्डी ताससहित पक्राउ गरेको छ ।

कञ्चनपुरको बेलौरी नगरपालिका ५ सोभातालस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा लालझाडि गाउँपालिका ६ चान्देउ बस्ने ३२ वर्षीय जीवन चौधरी समेत २७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५२ हजार १ सय २८ रूपियाँ र ४ गड्डी ताससहित पक्राउ गरेको छ ।

सुर्खेतको गुर्भाकोट नगरपालिका ९ भालुखोलास्थित पशुबदशालामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४३ वर्षीय कृति राई समेत ६ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २७ हजार ४ सय २५ रूपियाँसहित पक्राउ गरेको छ ।

Published : Friday, 2024 October 11, 9:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया