पाल्पामा टिप्परलाई ओभरटेक गर्न खोज्दा मोटरसाइकको पछाडि बसेका यात्रुको मृत्यु

तानसेन । पल्पा जिल्लामा टिप्परले ओभरटेक गर्ने क्रममा ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

सोमबार साँझ तानसेन नगरपालिका ८ डुम्रेस्थित सिद्धार्थ राजमार्गमा बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु ३१ प ६५०७ नम्बरको मोटरसाइकललाई लु २ ख ४६३१ नम्बरको टिप्परलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भइ मोटरसाइकल चालकसहित दुई जना घाइते भएका थिए ।

मोटरसाइकलको पछाडि सवार पाल्पाको रामपुर नगरपालिका वडा नं. १ हाँगेपिपल बस्ने २२ वर्षीय नारायण उचाईंको उपचारका क्रममा मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ । उचाईलाई थप उपचारका लागि भैरहवा मेडिकल कलेज रुपन्देही पठाइए थियो ।

Published : Wednesday, 2024 October 9, 9:56 am

फेसबुकबाट तपाईको प्रतिक्रिया