बंगलादेशसँग फाइनलमा नेपाल हारेपछि बोतल प्रहार

काठमाडौं । दक्षिण एशियाली फुटबल महासंघ (साफ) यू–२० च्याम्पियनशिप फुटबलको उपाधि बंगलादेशले जितेको छ ।
बुधबार ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा भएको फाइनलमा बंगलादेशले नेपाललाई ४–१ ले सहजै पराजित गर्दै उपाधि जितेको हो ।
बंगलादेशले पहिलोपटक साफ यू–२० उपाधि जितेको छ । एकपक्षीय खेलमा बंगलादेशलाई जित दिलाउन मिराजुल इस्लामले २ गोल गरेका छन् ।
राबी हुसेन राहुल र पियास अहमद नोभाले १÷१ गोल गरे। नेपालका लागि समीर तामाङले एक गोल फर्काए । पहिलो हाफमा नेपालले पाएका आधा दर्जनभन्दा बढी अवसर गोलमा परिणत गर्न सकेन ।
खेलको शुरुदेखि अन्त्यसम्मै बंगलादेशको दबाब झेलेको नेपालको घरेलु मैदानमा उपाधिमा ह्याटट्रिक गर्ने चाहना पूरा भएन ।
यसअघि नेपालले सन् २०१५ र सन् १०१७ मा साफ यू–२० च्याम्पियनशिप जितेको थियो । दोस्रो हाफमा बंगलादेशले गोल गरेपछि दर्शकले मैदानमा पानीका बोतल फ्याँकेका थिए ।
नेपालले समूह चरणको खेलमा भने बंगलादेशलाई २–१ गोलले पराजित गरेको थियो । नेपालले सेमिफाइनलमा भुटानलाई टाइब्रेकरमा ४–१ गोलले हराउँदै फाइनल पुगेको थियो ।
बंगलादेशले भने साविक विजेता भारतलाई टाइब्रेकरमै ४–३ गोलले पराजित गर्दै फाइनल पुगेको थियो । च्याम्पियनशिपमा पाकिस्तानबाहेक ६ टोलीले प्रतिस्पर्धा गरेका थिए ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया