खेलकुदमन्त्री चौधरीद्वारा महिला तेक्वान्दो प्रतियोगिताको उद्घाटन
सातदोबाटो । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले चौथो महिला राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता २०८१ को उद्घाटन गरेका छन् ।
बिहीबार ललितपुरमा मन्त्री चौधरीले प्रतियोगिताको उद्घाटन गरेका हुन् । नेपाल तेक्वान्दो संघको केन्द्रीय तेक्वान्दो एकेडेमी हलमा साउन २४ देखि २६ गतेसम्म प्रतियोगिता हुनेछ ।
महिला राष्ट्रिय प्रतियोगिताको उद्घाटन समारोहमा ३ वटा विभागीय टिम लगायत सात वटा प्रदेशका महिला तेक्वान्दो खेलाडी, टिम प्रशिक्षक, टिम व्यवस्थापकको सहभागिता रहेको छ ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व सांसद योगेन्द्र चौधरी लगायतको उपस्थिति रहेको थियो ।
Published : Thursday, 2024 August 8, 9:43 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया