लियोनलाई हराउँदै पीएसजीले जित्याे फ्रेन्च कपको उपाधि

लण्डन । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च कपको उपाधि जितेको छ ।

शनिबार केयलिन एमबापेले क्लबका लागि खेलेको अन्तिम खेलमा पीएसजीले फाइनलमा लियोनलाई २–१ ले पराजित गरे उपाधि जितेको छ ।

यससँगै फ्रान्सेली लिग–वान पनि जितेको पीएसजीले कप डबलको उपाधि पनि हात पारेको छ । पीएसजीका लागि ओसमन डेम्बेले र फाबिन रइजले पहिलो हाफमा एक–एक गोल गरे । दोस्रो हाफमा लियोनका लागि जेक ओ’ब्राइनले एक गोल फर्काए पनि त्यो पर्याप्त रहेन् ।

फ्रान्सेली फरवार्ड एमबापे पीएसजीका लागि ३ सय ८ खेलमा २ सय ५६ गोल गर्दै क्लबबाट बाहिरिँदैछन् । उनी रियल म्याड्रिड जाने सम्भावना बढी मानिएको छ । एजेन्सी

Published : Sunday, 2024 May 26, 8:40 am

फेसबुकबाट तपाईको प्रतिक्रिया