नगदसहित गोदावरी फुटबलको उपाधि काठमाडौंले जित्यो
गोदावरी । काठमाडौं महानगरपालिकाले प्रथम उपत्यकाव्यापी अन्तरपालिका खुला मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
शनिबार गोदावरी नगरपालिकाको आयोजनामा गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा सम्पन्न फाइनलमा चन्द्रागिरि नगरपालिकालाई २–१ गोलले हराएर काठमाडौं महानगरले उपाधि उचाल्यो ।
काठमाडौंबाट अखिलेश कार्की र दीपेश श्रेष्ठले १–१ गोल गरेका छन् ।
काठमाडौंले ५ लाख र चन्द्रागिरिले ३ लाख रुपियाँ पुरस्कार जितेका छन् । फाइनलमा म्यान अफ द म्याच काठमाडौंका अखिलेश भए ।
सर्वोत्कृष्ट खेलाडी काठमाडौंका एरिक विष्ट भए । उनले ३० हजार रुपियाँ पुरस्कार पाए ।
फेयर प्ले ट्रफीसहित महालक्ष्मी नगरपालिकाले ५० हजार पायो । सर्वाधिक गोलकर्ता कीर्तिपुरका यमन मर्हजन भए । उनले ६ गोल गरेका थिए ।
इमर्जिङ प्लेयर गोदावरी बी टिमका पासाङ तामाङ भए । उत्कृष्ट गोलरक्षक काठमाडौंका सुदीप गिरी चुनिए ।
उत्कृष्ट डिफेन्डर चन्द्रागिरिका साहिल राना र उत्कृष्ट प्रशिक्षक काठमाडौंका प्रशिक्षक सन्तोष न्यौपाने भए । विधागत उत्कृष्टले जनही २५ हजार रुपियाँ पाए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया