गगनविरुद्ध टिप्पणी गर्ने स्तर र औकात सहकारी ठगका आरोपी रविसँग छैन

काठमाडौं । सहकारीको करोडौं रकम अपचलन र ठगका आरोपी गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेस र महामन्त्री गगनकुमार थापाविरुद्ध निकै तल्लोस्तरमा उत्रिएर टिकाटिप्पणी गरिरहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका गृहमन्त्री लामिछानेले आफ्नो पदीय मर्यादालाई बेवास्ता गर्दै अमर्यादित अभिव्यक्तिमा उत्रिएपछि लामिछानेको स्तर मतदाताले राम्रोसँग चाल पाएका छन् । लामिछानेले देशमा केही गर्न सकिदैन भनेर भविष्य खोज्न अमेरिकातिर टाप कसेका बेला थापा विद्यार्थी आन्दोलनमा सक्रिय थिए । विद्यार्थीको हकहित र शैक्षिक सुधारको आन्दोलनमा जमेर लागेका थिए ।

०६२/६३ को आन्दोलनमा राजा ज्ञानेन्द्र शाहको निरंकुशताविरुद्ध विद्यार्थीको मोर्चाबाट संघर्षरत थिए । रत्नपार्क, पुतलीसडक, प्रदर्शनी माग, घण्टाघर अगाडिका सडकमा लोकतन्त्रको आन्दोलनमा प्रहरीको लाठी र अश्रुग्याँस खाएर संघर्ष गरिरहेका थिए । कयौँपटक प्रहरीको गिरफ्तारीमा परेका थिए । त्यो बेला लामिछाने अमेरिकाको गल्लीहरूमा ब्रेड टोक्दै थिए होला । साँच्चिकै भन्ने हो भने महामन्त्री थापासँग लामिछानेको राजनीतिकस्तर नै मिल्दैन ।

नेपालमा कुनै भविष्य छैन भनेर पत्नी र छोरीहरू लिएर अमेरिका भासिएका लामिछाने विदेशमा विदेशी नागरिकको भाँडा माझ्दै थिए होला । अमेरिकामा लामिछानेको औकात र हैसियत के थियो ? भन्ने कुराको जानकारी अमेरिकामा बस्ने नेपालीहरूले बेलाबेला सुनाउने गर्छन् ।

राजा ज्ञानेन्द्र शाहसँग लडेर नेपाली कांग्रेस र गगन थापाहरूले ल्याइदिएको संघीय लोकतान्त्रिक गणतन्त्रको आडमा लामिछाने गृहमन्त्री बनेका छन् । काम नपाएर अमेरिकामा ऋणले चुर्लुम्म डुबेपछि लामिछाने नेपाल फर्किएको आरोप छ ।

नेपालमै केही गर्न सकिन्छ भनेर अमेरिका छाडेर हिँडेका लामिछानेविरुद्ध अहिले पनि अमेरिकी अदालतमा ठगीको आरोपको मुद्दा रहेको बताउने गरिन्छ ।

लामिछाने टेलिभिजनमा कार्यक्रम चलाएकै भरमा राजनीतिको उच्च तहमा पुगेका छन् । टेलिभिजन कार्यक्रम चलाउँदा लामिछानेले क–कसलाई के–के दुःख दिएका थिए ? त्यो कुरा जानकारी उनलाई भन्दा राम्रो अरुलाई कसलाई होला ? अबैध उठ्तीपुठ्ती, धम्की, ब्ल्याकमेलिङ, क्रसर, सहकारी, बैंक आदिलाई कसरी लामिछानेले टेलिभिजनबाट धम्काउँथे ? सबैलाई जगजाहेर छ । लामिछाने चितवनको हिरासतमा पुगेका थिए । त्यो पनि आत्महत्या दुरुत्साहनको अभियोगमा पुगेका थिए ।

विवादास्पद, बदनाम र ठगका नाइके गितेन्द्रबाबु राई (जीबी)सँग मिलेर सहकारीको करोडौं रकम अपचलन र ठगी गरेर गोर्खा मिडिया नेटवर्क प्रा.लि.को नामबाट ग्यालेक्सी फोरके टेलिभिजन बनाएका लामिछानेका कर्तुतहरू अहिले आएर एकसे एक गरी सार्वजनिक भएपछि बास्तविकता उदाङ्गो भएको छ ।

आफ्नी जेठी पत्नीलाई समेत सम्हाल्न नसकेर डिभोर्स दिएका लामिछानेले महामन्त्री थापालाई निकै तल्लोस्तरमा उत्रिएर टिप्पणी गर्न नसुहाउने राजनीतिक विश्लेषकहरूको भनाइ छ । हुन त लामिछानेले जेठी पत्नीलाई पिटेर दुःख दिएको आरोप पनि त्यो बेला लागेको थियो ।

कांग्रेसले ल्याइदिएको लोकतन्त्रमा बबाल गरिरहेका लामिछानेले संविधान र कानूनलाई पनि पढ्नुपर्छ । अध्यन गर्नुपर्छ । कानून भनेको सबैका लागि बराबर हो । आरोप लागेपछि छानविन र अनुसन्धानमा सहयोग गर्नुपर्ने दायित्व लामिछानेको हो । न कि जथाभावी बोलेर आफूविरुद्धका प्रमाणहरू नष्ट गर्ने कार्य गर्नु हुँदैन । राजनीतिक शक्तिको आडमा धेरै उर्लिएका लामिछानको भविष्य धेरै राम्रो छैन भनेर टिकाटिप्पणी भइरहेका छन् । लामिछानेविरुद्ध रास्वपाका पदाधिकारी, नेता, सांसद र कार्यकर्ताहरूले समेत नकारात्मक टिप्पणी गर्न थालिसकेका छन् ।

नेपालको माया हुन्थ्यो भने लामिछानेले नेपाली नागरिकता र राहदानी परित्याग गरेर अमेरिकी नागरिकता र राहदानी लिने थिएनन् । भाँत पुर्‍याएर राम्रो बोल्न जानेका लामिछानेले जनतालाई मुर्ख बनाइरहेका छन् । अमेरिकी नागरिकता र राहदानी रहेकै बेला त्याग गरिसकेको नेपाली नागरिकता दुरुपयोग गरेर राहदानी लिएका लामिछानेले दोहोरो नागरिकता र राहदानी बोकेका थिए । त्यसवापत उनले दण्ड पाउनै पर्छ ।

Published : Sunday, 2024 May 12, 12:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया