ठूलो धनराशिको गणेशमान सिंह स्मृति बुद्धिचाल प्रतियोगिता सुरु

काठमाडौं । वीर गणेशमान सिंहको स्मृतिमा नवौँ राष्ट्रिय खुला गणेशमान सिंह स्मृति बुद्धिचाल प्रतियोगिता सुरु भएको छ ।

शुक्रबार नेपाल लोकतान्त्रिक खेलकुद संघ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा सुरु बुद्धिचाल प्रतियोगिताको कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले उद्घाटन गरेका छन् । कार्यक्रममा केन्द्रीय सदस्य समेत रहेका राष्ट्रिय सभाका सांसद जीतजङ्ग बस्नेत लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

बुद्धिचाल प्रतियोगिताका विजेताले एमएडब्लू इन्टरप्राइजेज प्रालिको उत्पादन सलुटो यामाहा मोटरसाइकल प्राप्त गर्नेछन् ।

उपविजेताले ८० हजार, तेस्रो हुनेले ५० हजार र चौथो हुनेले ३० रुपियाँ प्राप्त गर्नेछन् ।

उपसभापति खड्काले मुलुकको खेल क्षेत्रको बिकासका लागि राज्यका साथै सबै राजनीतिक दलहरूले प्रतिबद्धता जनाएका छन् । खड्काले खेल क्षेत्रमा युवाहरूको उत्साह बढ्दै गएको सन्दर्भमा खेलाडीहरूको सम्मानका साथै यस क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् ।

प्रतियोगिताको सुपर लिगमा पहिलो हुनेले नगद २५ हजार, दोस्रोले १५ हजार, तेस्रोले १० हजार, चौथोले ८ हजार, पाँचौँले ७ हजार, छैटौँदेखि दशौँ हुने ६÷६ हजार, एघारौँदेखि पन्ध्रौँ हुनेले जनही ५ हजार ५ सय र सोह्रदेखि बिसौँ स्थानमा रहनेले जनही ५÷५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता १९ गते सम्पन्न हुनेछ ।

Published : Friday, 2024 April 26, 9:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया