घरेलु टिम गुजरातलाई नेपालले फाइनलमा हराइदियो

काठमाडौं । नेपालले गुजरात क्रिकेट एसोसियसनविरुद्ध १८ रनको जित निकालेको छ ।
आइतबार भारतको वापीमा सम्पन्न फाइनलमा घरेलु टिम गुजरातको पराजयसँगै नेपालले ‘एसएमएस फ्रेन्डसिप कप’को उपाधि जितेको छ ।
नेपालले प्रस्तुत गरेको १७७ रनको लक्ष्य पछ्याउने क्रममा गुजरातले निर्धारित २० ओभर खेले पनि आठ विकट गुमाएर १५८ रनमात्र बनाउन सक्यो ।
टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १७६ रन बनाएको थियो ।
नेपालका कप्तान रोहितले ४७ बलमा पाँच चौका र चार छक्कासहित ७४ रन बनाए । आसिफ शेखले ३४ र कुशल मल्लले ३१ रन थपे । कुशल भुर्तेलले १९ रन जोडे । दीपेन्द्रसिंह ऐरी र सन्दीप जोराले समान सात रन बनााए ।
गुजरातका जयमित पटेल, स्हेन पटेल, तेजस पटेल र जाला युवराज सिंहले समान एक विकेट लिए ।
एसीसी प्रिमियर कप र ट्वान्टी–२० विश्वकपको तयारीका लागि भारत भ्रमणमा रहेको नेपाल लिग चरणका चारमध्ये तीन खेलमा जित निकाल्दै विजेताका रूपमा फाइनल पुगेको थियो ।
गुजरातले लिग चरणबाट दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएको थियो । त्रिकोणात्मक शृंखलामा नेपाल र गुजरातसँगै बरोडा क्रिकेट एसोसिएसनले प्रतिस्पर्धा गरेका थिए ।
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया