बाहिनीपति कपको उपाधि सशस्त्र विशेष कार्यदलले जित्यो

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंले आयोजना गरेको ‘बाहिनीपति कप, २०८०’ को उपाधि नम्बर १९ बंगलामुखी विशेष कार्यदल गण हल्चोकले जितेको छ ।

काठमाडौंमा चैत १३ गतेदेखि १८ गतेसम्म फुटबल, भलिबल, एथ्लेटिक्स, ब्याडमिन्टन, टेबल टेनिसलगायतका खेल विधाहरू समावेश गरी सञ्चालन भएको प्रतियोगिता सो बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

नायव महानिरीक्षक थापाले बाहिनीपति कपको ट्रफी नम्बर १९ बगलामुखी विशेष कार्यदल गण हल्चोकलाई हस्तान्तरण गर्नुकासाथै विजय टिम तथा खेलाडीहरूलाई मेडल र प्रमाणपत्र समेत प्रदान गरेका छन् ।

थापाले खेलकुद प्रतियोगिताले सशस्त्र प्रहरी कर्मचारीहरूमा आपसी भातृत्व बन्धुत्व र भाइचाराको विकास, पेसाप्रतिको निष्ठा, पृथक मनोरञ्जनको वातावरण सिर्जना, सकारात्मक सोचको विकास हुनुको साथै निकट भविष्यमा आयोजना हुन गइरहेको ‘आईजीपी कप’का लागि खेलाडीहरूको छनोटमा समेत सहयोग पुग्ने बताएका छन् ।

थापाले सकल दर्जाका राष्ट्र सेवकहरूमा सामूहिक भावना, व्यावसायिक क्षमता अभिवृद्धि, संगठन र युनिटप्रतिको बफादारिता, व्यक्तिगत अनुशासन, उपलब्ध स्रोतसाधनको सदुपयोग तथा व्यावसायिक प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यले सञ्चालित प्रतियोगितामा बाहिनी मातहतका गण र गुल्महरूका सशस्त्र प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो ।

खेलकुद क्षेत्रको विकासमा सहयोग पु¥याउने उद्देश्यले संगठनको पेसागत गतिविधिअन्तर्गत बाहिनीपति कपको आयोजना गरिएको थियो ।

Published : Monday, 2024 April 1, 12:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया