सहबीर राष्ट्रिय खुल्ला स्मृति लन टेनिस प्रतियोगिता

काठमाडौं । ‘१२औँ सहबीर राष्ट्रिय खुल्ला लन टेनिस प्रतियोगिता, २०८०’ चैत ४ गतेदेखि संचालन भएको छ ।

नेपाल एपीएफ क्लबको आयोजनामा संचालन भएको प्रतियोगिताको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतमले लन टेनिसका मुख्य रेफ्री सूर्यभुषण बज्रचार्यलाई टेनिस बल हस्तान्तरण गरी शुभारम्भ गरेका छन् ।

काठमाडौंको हल्चोकस्थित कोर्टमा भएको प्रतियोगिताको उदघाटन खेलमा पुरुष एकलतर्फको प्रसिद्ध मोक्तानले सन्तोष भन्डारीलाई ६–२ र ६–३, योगेन शेर्पाले सविन श्रेष्ठलाई ६–१ र ६–०, निजेज महर्जनले बेदकुमार तामाङलाई ६–१ र ६–० ले पराजित गरेका छन् । नेहालजंग थापाले सुजन लामाबाट वाक ओभर पाएका छन् ।

प्रतियोगिताको मिक्स डवल इभेन्टतर्फको खेलमा सन्तोस खत्री र देवना कार्कीको जोडीले सुमन लामा र कल्पना गुरुङको जोडीलाई ६–४ र ७–५ ले र सुभाङ्गीलक्ष्मी शाह र सक्षमबिक्रम शाहको जोडीले भगवती बिक र निजेज महर्जनको जोडीलाई ६–० र ६–१ पराजित गरेका छन् ।

यसैगरी प्रतियोगिताको ५५ बर्षमाथि भेन्ट्रान्स पुरुष एकलतर्फको खेलमा राजोजमान श्रेष्ठले कर्ण घलेलाई ६–४ र ६–२ ले, सुनिल गुरुङले सुशील पाण्डेलाई ४–६ र ६–३ र १०–६ ले, शिव सेढाइले अमृत रत्न कंसकारलाई ६–१ र ६–२ ले सुर्दशन बिष्टले प्रेम शाहीलाई ६–० र ६–१ ले, जीवन घिमिरेले मनोजबिक्रम शाहलाई ७–६, २–६ र १०–७ ले पराजित गरेका छन् । नरेन्द्र सिंहले चुइ जुङ हुबाट र राजु श्रेष्ठले सुनिल घिमिरेबाट वाक ओभर पाएका छन् ।

प्रतियोगितामा ६५ वर्षमाथि भेन्ट्रान्स पुरुष एकलतर्फको खेलमा मनोज राणाले कर्ण घलेलाई ४–० र ४–१ को सेटमा पराजित गरेका छन् । कमल थपाले ध्रुबबहादुर गुरुङबाट वाक ओभर पाएका छन् ।

प्रतियोगिता हलचोकस्थित नेपाल एपीएफ क्लबको लन टेनिस कोर्ट र त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको टेनिस कोर्टमा संचालन भइरहेको छ । कुल पुरस्कार राशी ५ लाख २७ हजार रहेको प्रतियोगितामा ११ वटा इभेन्टसहरू समावेश गरिएको छ ।

Published : Sunday, 2024 March 17, 7:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया