वाफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजित

काठमाडौं । नेपाललाई हराउँदै जोर्डन वाफ महिला च्याम्पियनसिप २०२४ को विजेता बनेको छ ।

साउदी अरेबियाको प्रिन्स अब्दुल्लाह अल फैसल स्पोर्टस् सिटी स्टेडियममा नेपाली समयअनुसार बिहीबार राति भएको खेलमा नेपाल टाइब्रेकरमा पराजित भएको छ । नेपाल ५–३ गोलअन्तरले पराजित भएको छ ।

डिफेन्डिङ च्याम्पियन जोर्डनले आठौं संस्करणसम्म आइपुग्दा छैटौँपटक उपाधि जितेको छ । निर्धारित ९० मिनेटको खेल २–२ गोलको बराबरीमा सकिएको थियो । विजेताको टुंगो टाइब्रेकरबाट भएको छ ।

टाइब्रेकरमा जोर्डनका सबै खेलाडीले गोल गरेका छन् । नेपालको तर्फबाट अमृता जोशीको प्रहार गोलमा परिणत हुन सकेन । गीता राना, दीपा शाही र हीराकुमारी भुजेलले गोल गरेका छन् ।

खेलको २९औँ मिनेटमा सबिता राना मगरले सानदार गोल गरेक थिइन् । रेखा पौडेलले दिएको पासमा सबिताले डिबक्स बाहिरबाट गरेको सशक्त प्रहार गोलमा परिणत भएको थियो ।

७४औँ मिनेटमा जोर्डन खेलमा फर्कियो । ८९औँ मिनेटमा जोर्डन थप गोल गर्दै उपाधि रक्षा गर्ने दिशामा बढेको थियो ।

Published : Friday, 2024 March 1, 7:41 am

फेसबुकबाट तपाईको प्रतिक्रिया