सानिया मिर्जाको घरबार बिग्रियो

मुम्बई । भारतीय टेनिस खेलाडी सानिया मिर्जाको घरबार बिग्रिएको छ ।

सानियाले पाकिस्तानका क्रिकेटर सोयब मल्लिकसँग विवाह गरेकी थिइन् । सोयबले पाकिस्तानी अभिनेत्री सना जाबेदसँग विवाह गरेका छन् । सोयबले सनासँग तेस्रो बिहे गरेका हुन् ।

सानियाले सोयबसँग सम्बन्ध विच्छेद भएको जनाएकी छिन् । सानियाले भनेकी छिन्, ‘विवाह कठिन छ, डिभोर्स कठिन छ । आफ्नो कठिनाइ आफैँ रोज्नुहोस् ।’

सोयब र सानियाको विवाह सन् २०१० मा भएको थियो । उनीहरूका पाँच वर्षीय छोरा इजान छन् ।

सोयब र सानियाबीच सन् २०२२ देखि विवाद भएको थियो । लामो समयदेखि उनीहरू एकसाथ देखिएका थिएनन् ।

सोयबले सबैभन्दा पहिला आयशा सिद्दिकीसँग पहिलो विवाह गरेका थिए । आयशासित डिभोर्स भएपछि सोयबले सानियालाई दोस्रो पत्नी बनाएका थिए । एजेन्सी

Published : Saturday, 2024 January 20, 10:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया