सानिया मिर्जाको घरबार बिग्रियो
मुम्बई । भारतीय टेनिस खेलाडी सानिया मिर्जाको घरबार बिग्रिएको छ ।
सानियाले पाकिस्तानका क्रिकेटर सोयब मल्लिकसँग विवाह गरेकी थिइन् । सोयबले पाकिस्तानी अभिनेत्री सना जाबेदसँग विवाह गरेका छन् । सोयबले सनासँग तेस्रो बिहे गरेका हुन् ।
सानियाले सोयबसँग सम्बन्ध विच्छेद भएको जनाएकी छिन् । सानियाले भनेकी छिन्, ‘विवाह कठिन छ, डिभोर्स कठिन छ । आफ्नो कठिनाइ आफैँ रोज्नुहोस् ।’
सोयब र सानियाको विवाह सन् २०१० मा भएको थियो । उनीहरूका पाँच वर्षीय छोरा इजान छन् ।
सोयब र सानियाबीच सन् २०२२ देखि विवाद भएको थियो । लामो समयदेखि उनीहरू एकसाथ देखिएका थिएनन् ।
सोयबले सबैभन्दा पहिला आयशा सिद्दिकीसँग पहिलो विवाह गरेका थिए । आयशासित डिभोर्स भएपछि सोयबले सानियालाई दोस्रो पत्नी बनाएका थिए । एजेन्सी
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया