सेना र सशस्त्रवीच फुटबल, भद्रकालीतिर गयो उपाधि

काठमाडौं । नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालवीच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि नेपाली सेनाले जितेको छ ।

बुधबार २३औँ सशस्त्र प्रहरी दिवस २०८० को उपलक्ष्यमा आयोजना गरिएको मैत्रीपूर्ण फुटबल प्रतियोगिता माघ ३ गते प्रधान कार्यालय हलचोकस्थित एपीएफ रंगशालामा भएको थियो ।

३५ वर्षभन्दा माथिका वरिष्ठ अधिकृत तथा अधिकृतहरूको सहभागिता रहेको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सशस्त्र प्रहरीको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपाली सेनाको तर्फबाट उपरथी सन्तोषकुमार ढकाल टिम क्याप्टेन रहेका थिए ।

प्रतियोगितामा नेपाली सेनाको टिमले सशस्त्र प्रहरी बल नेपालको फुटबल टिमलाई २–० को अन्तरले जित हासिल गरी विजयी भएको छ ।

महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपाल र उपरथी सन्तोषकुमार ढकालले नेपाली सेनाको तर्फबाट एक आपसमा मायाको चिनो आदान–प्रदान गरेका छन् ।

महानिरीक्षक अर्यालले विजयी टिमका खेलाडीहरू, प्रशिक्षक र टिम म्यानेजरलाई प्रशंसापत्र समेत प्रदान गरेका छन् ।

शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन लगायतका कार्यहरूमा समन्वय र सहकार्य गर्दै अगाडि बढिरहेको नेपाली सेना र सशस्त्र प्रहरीबीच समय–समयमा यस्ता किसिमका खेलकुद प्रतियोगिता लगायत अन्य गतिविधिहरू समेत गरिदै आएको छ ।

खेलकुद प्रतियोगितामा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र वंशीराज दाहाल लगायत नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा विल्लादार जवानहरूको उपस्थिति रहेको थियो ।

????????????????????????????????????
Published : Wednesday, 2024 January 17, 8:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया