सेना र सशस्त्रवीच फुटबल, भद्रकालीतिर गयो उपाधि
काठमाडौं । नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालवीच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि नेपाली सेनाले जितेको छ ।
बुधबार २३औँ सशस्त्र प्रहरी दिवस २०८० को उपलक्ष्यमा आयोजना गरिएको मैत्रीपूर्ण फुटबल प्रतियोगिता माघ ३ गते प्रधान कार्यालय हलचोकस्थित एपीएफ रंगशालामा भएको थियो ।
३५ वर्षभन्दा माथिका वरिष्ठ अधिकृत तथा अधिकृतहरूको सहभागिता रहेको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सशस्त्र प्रहरीको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपाली सेनाको तर्फबाट उपरथी सन्तोषकुमार ढकाल टिम क्याप्टेन रहेका थिए ।
प्रतियोगितामा नेपाली सेनाको टिमले सशस्त्र प्रहरी बल नेपालको फुटबल टिमलाई २–० को अन्तरले जित हासिल गरी विजयी भएको छ ।
महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपाल र उपरथी सन्तोषकुमार ढकालले नेपाली सेनाको तर्फबाट एक आपसमा मायाको चिनो आदान–प्रदान गरेका छन् ।
महानिरीक्षक अर्यालले विजयी टिमका खेलाडीहरू, प्रशिक्षक र टिम म्यानेजरलाई प्रशंसापत्र समेत प्रदान गरेका छन् ।
शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन लगायतका कार्यहरूमा समन्वय र सहकार्य गर्दै अगाडि बढिरहेको नेपाली सेना र सशस्त्र प्रहरीबीच समय–समयमा यस्ता किसिमका खेलकुद प्रतियोगिता लगायत अन्य गतिविधिहरू समेत गरिदै आएको छ ।
खेलकुद प्रतियोगितामा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र वंशीराज दाहाल लगायत नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा विल्लादार जवानहरूको उपस्थिति रहेको थियो ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया