ढोरपाटन महिला भलिबलमा ८ टोली प्रतिस्पर्धा गर्ने

काठमाडौं । काठमाडौंमा हुने ढोरपाटन क्लबको आयोजनामा हुने १६औं ढोरपाटन महिला भलिबल डबल लिगमा ८ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

शनिबार मुख्य प्रायोजक सम्झौता हस्ताक्षर कार्यक्रममा आयोजक ढोरपाटन क्लबका अध्यक्ष मनवीर छन्त्यालले ८ टोलीको सहभागिता रहने बताए ।

काठमाडौंको गोंगबुमा माघ १२ देखि २२ गतेसम्म प्रतियोगिता हुनेछ । प्रतियोगितामा एपीएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, चन्द्रागिरी नगरपालिका, न्यू डायमण्ड, एन्जल हार्ट, धादिङ स्पोर्टस क्लब, जावलाखेल युथ क्लब तथा परोपकार स्कुल वा काठमाडौं जिल्ला भलिबल संघको सहभागिता रहनेछ ।

नेपाली घरेलु भलिबलमै सबैभन्दा बढी चर्चित प्रतियोगिताको रुपमा रहेको ढोरपाटन महिला भलिबल लिगको विजेताले नगद ५ लाख १ हजार प्राप्त गर्नेछन् ।

उप–विजेताले २ लाख ५० हजार, तेस्रो हुनेले १ लाख २५ हजार, चौथो हुनेले ७५ हजार, पाँचौं हुनेले ५० हजार र छैटौं हुनेले २५ हजार रुपियाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको विधागत उत्कृष्ट खेलाडीले जनही ५ हजार रुपियाँ र एक्सटेपको जुत्ता प्राप्त गर्ने क्लबका अध्यक्ष छन्त्यालले बताएका छन् ।

ढोरपाटन लिगको उत्कृष्ट खेलाडी र वर्षको उत्कृष्ट खेलाडीले एम्पियरको स्कुटर प्राप्त गर्नेछन् । प्रतियोगिता बजेट ५१ लाख रुपियाँभन्दा बढी खर्च हुने अनुमान छ ।

Published : Saturday, 2024 January 13, 7:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया