खराब ब्याटिङको सामना गरेपछि नेपाली टोलीले खुट्टा कमायो

काठमाडौं । नेपालले पाकिस्तानसँग सात विकेटको हार सामना गरेको छ ।

शनिबार कीर्तिपुरमा खराब ब्याटिङ सामना गरेपछि नेपालको युवा टोलीले एसिया कपको आफ्नो पहिलो खेलमा हार सामना गर्नुपरेको छ ।

समूह ‘ए’ मा आठ पटकको च्याम्पियन भारतसहित पाकिस्तान र अफगानिस्तान रहे पनि नेपालले सेमिफाइनलमा पुग्ने लक्ष्य राखेको छ ।

संयुक्त अरब इमिरेट्स (युएई) को आइसिसी एकेडेमीमा खराब ब्याटिङ गर्दै नेपालले प्रस्तुत गरेको एक सय ५३ रनको सामान्य लक्ष्य पाकिस्तानले २६.२ ओभरमा मात्र तीन विकेटको क्षतिमा भेट्टायो ।

नेपाली राष्ट्रिय टोलीका सदस्यसमेत रहेका गुल्सन झाले छिट्टै पाकिस्तानको दुई विकेट लिँदै राम्रो सुरुआत दिलाएका थिए ।

उनले पाकिस्तानका ओपनरद्वय सामिल हुसेनलाई शून्यमा र साहजैब खानलाई १५ रनमा पवेलियन फर्काए ।

६.४ ओभरमा पाकिस्तान २३/२ को अवस्थामा पुग्यो । नेपाली बलर चम्किन सकेनन् । पाकिस्तानले १४२ बलअगावै जित सुरक्षित गर्‍यो ।

तेस्रो विकेटका लागि अजान अवेइस र कप्तान साद बेगले एक सय ८ रनको शतकीय साझेदारी गर्दै जित दिलाएका हुन् ।

६२ बल खेलेका अजान आठ चौकासहित ५६ रनमा नटआउट रहे । कप्तान साद ५६ बलमा पाँच चौकाको मद्दतमा ५० रनमा आउट भए ।

२५औं ओभरमा साद आकाश त्रिपाठीद्वारा क्याच आउट भएका हुन् ।

तेस्रो विकेट पतन भए पनि पाकिस्तान जितनजिक पुगेको थियो । मोहम्मद जिसन २० रनमा अविजित रहँदै अजानलाई साथ दिए ।

ब्याटिङको निम्तो पाएको नेपाल ४७.२ ओभरमा एक सय ५२ रनमै समेटियो । खराब सुरुआत गरेको नेपाल १६.६ ओभरमा ४६/५ को नाजुक अवस्थामा थियो ।

Published : Saturday, 2023 December 9, 11:43 am

फेसबुकबाट तपाईको प्रतिक्रिया