पोखरामा वेलननले जित्यो युनिप्स खेलकुद महोत्सव

पोखरा । संस्थागत एवं निजी विद्यालयहरूको छाता संस्था युनिप्स नेपालको आयोजनामा सम्पन्न पाँचौ युनिप्स खेलकुद महोत्सवको उपाधि वेलनन एकेडेमीले जितेको छ ।

शनिबार पोखरा रंगशाला सम्पन्न भएको खेलकुद महोत्सवमा सहभागि १८ विद्यालयलाई पछि पार्दै कुल १३३ अंकका साथ वेलननले उपाधि जितेको हो ।

हरेक दुई–दुई वर्षमा आयोजना हुने खेलकुद महोत्सवमा वेलननले यस अघि रनिङ शिल्डमा एक पटक कव्जा जमाइसकेको छ । वेलनन ले यो संगै लगातार चौथोपटक उपाधि जितेको छ ।

खेलकुद महोत्सवमा ११० अंकका साथ कालिका इङलिश सेकेण्डरी स्कल उपविजेता भएको छ । पोखरा रंगशालामा चार दिनदेखि जारी खेलकुद महोत्सवमा ७४ अंक बटुल्दै पिनाकल एकेडेमी तेश्रो हुँदा ६३ अंकका साथ स्माइल स्मल हेभेन सेकेण्डरी स्कुलले चौथो स्थान प्राप्त गरेको प्रतियोगिता खेलकुद उपसमितिका संयोजक विनोदकुमार नेपालीले बताए ।

फुटबल मावि छात्रतर्फको फाइनलमा वेलनन एकेडेमीले एकता आवाशियलाई ३–१ ले पराजित गर्दै च्याम्पियन भएको छ । स्मल स्माइल हेभेनले तेश्रो तथा होली एन्जलले चौथो स्थान प्राप्त गरेको छ ।

विजेता विद्यालय तथा खेलाडीहरूलाई गण्डकी प्रदेश शिक्षा निर्देशनालयका उप–महानिर्देशक घनश्याम पौडेल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बहादुर बानियाँ, युनिप्स नेपालका संस्थापक अध्यक्ष ध्रुव गिरीलगायतले मेडल, प्रमाणपत्र तथा ट्रफी वितरण गरेका छन् ।

खेलकुद महोत्वमा युनिप्समा आवद्ध रहेका १८ विद्यालयका ४ हजारभन्दा धेरै खेलाडीहरूले सहभागिता जनाएका थिए ।

सहभागी विभिन्न खेलका ६ सय खेलाडीहरूलाई पुरस्कृृत गरिएको भएको युनिप्स सचिवालयका संयोजक शिवहरि सुवेदीले बताए । प्रतियोगिता सम्पन्न गर्न करिव १२ लाख खर्च भएको छ ।

Published : Saturday, 2023 December 2, 9:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया