धनगढीलाई सुपर लिगमा दोस्रो जित

काठमाडौं । धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) मा लगातार दोस्रो जित निकालेको छ ।

बिहीबार दशरथ रङ्गशाला, त्रिपुरेश्वरमा भएको खेलमा धनगढीले बुटवल लुम्बिनी एफसीलाई १–० गोलले हराएको छ ।

धनगढीलाई जिताउन विदेशी खेलाडी ओलावले अफिजले गोल गरेका छन् ।

लिगका दोस्रो जितसँगै धनगढी ६ अङ्क जोड्दै तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।

पुस १४ गतेसम्म चल्ने एनएसएलमा नौ वटा फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ ।

धनगढी एफसी, ललितपुर सिटी एफसी, पोखरा थण्डर्स, एफसी चितवन, विराटनगर सिटी एफसी, बुटवल लुम्बिनी एफसी, झापा एफसी, स्पोर्टिङ इलाम डी मेची र वीरगञ्ज युनाइटेडले प्रतिस्पर्धा गर्नेछन् ।

Published : Thursday, 2023 November 30, 9:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया