नेपाल पुलिस क्लबलाई प्रथम वीरगंज गोल्डकपको उपाधि
काठमाडौं । वीरगंजमा संचालित प्रथम वीरगंज गोल्डकप २०८० को उपाधि नेपाल पुलिस क्लबले हासिल गरेको छ ।
गोल्डकपको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई टाईब्रेकरमा २ का विरूद्ध शून्य गोल अन्तरले पराजित गर्दै नेपाल पुलिस क्लबले उपाधि जित्न सफल भएको हो ।
प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले प्रथम वीरगंज गोल्डकपको उपाधि जित्न सफल नेपाल पुलिस क्लब फुटबल टिमलाई नेपाल प्रहरीको तर्फबाट हार्दिक बधाई दिएका छन् ।
गोल्डकपको उपाधिसँगै नेपाल पुलिस क्लबले ११ लाख ११ हजार १ सय ११ रूपियाँ नगद पुरस्कार प्राप्त गरेको छ ।
फाइनल खेलमा नेपाल पुलिस क्लबका गोलकिपर प्रहरी सहायक हवल्दार शुत्रधन चौधरी म्यान अफ द म्याच घोषित भए ।
कात्तिक १८ गतेदेखि संचालित उक्त प्रतियोगितामा नेपाल पुलिस क्लबका प्रहरी सहायक हवल्दार शुत्रधन चौधरी बेष्ट गोलकिपर, प्रहरी जवान उज्ज्वल राई बेष्ट मिडफिल्डर र प्रहरी हवल्दार चेत कुमार घिमिरे बेष्ट कोच घोषित भएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया