तरुण दलले नेपाली क्रिकेट टिमसँग खुसी बाँड्यो
काठमाडौं । नेपाल तरुण दलले नेपाली क्रिकेट टिमलाई बधाइ दिएको छ ।
शुक्रबार तरुण दलका अध्यक्ष विद्वान गुरुङले सामाजिक सञ्जालमार्फत नेपाली क्रिकेट टिमलाई बधाइ दिएका हुन् । उनले भने, ‘आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा आज युनाइटेड अरब इमिरेट्स (यूएई) माथि नेपालले ऐतिहासिक जित हासिल गरेकोमा हार्दिक बधाइ दिन चाहन्छु ।’
‘सम्पूर्ण नेपालीको शानको रुपमा यो ऐतिहासिक जितले आगामी टि–२० विश्वकपमा नेपालले अझ दमदार रुपमा प्रस्तुत हुन सकोस’, अध्यक्ष गुरुङले भनेका छन् ।
उनले भने, ‘सम्पूर्ण खेलाडी, कोच, प्राविधिक टिमलाई हार्दिक बधाइ दिन चाहन्छु ।’
शुक्रबार कीर्तिपुरमा भएको प्रतिस्पर्धामा नेपालसँग यूएई ८ विकेटले पराजित भएको छ ।
ट्वान्टी–२० विश्वकप छनोट एसिया क्षेत्रको सेमिफाइनल खेल ८ विकेटले जित्दै अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपका लागि नेपाल छनोट भएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया