मुख्यमन्त्री चौधरीद्वारा गोल्डकप प्रतियोगिताको उद्घाटन

नेपालगञ्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले खेलले समाजमा सद्भाव कायम गर्ने बताएका छन् ।

बुधबार बाँकेको कोहलपुर नगरपालिका–२ तेह्र विगाहमा ‘मुख्यमन्त्री गोल्डकप प्रतियोगिता–२०८०’को उद्घाटन गर्दै मुख्यमन्त्री चौधरीले भने, ‘खेलको जात हुँदैन न त धर्म नै हुन्छ । खेलले समाजमा सद्भाव कायम गर्छ ।’

चौधरीले भने, ‘खेलमा विजयी प्राप्त गर्न टिममा एकता, भावना हुन आवश्यक छ ।’

उनले मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगितालाई आगामी बजेटमा राखेर निरन्तरता दिने आश्वासन पनि दिएका छन् ।

प्रतियोगितालाई संस्थागत गरी सरकारले सम्पूर्ण खर्चको व्यवस्थापन गरेर नीतिगत निर्णय गर्ने मुख्यमन्त्री चौधरीले बताएका छन् ।

कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले कोहलपुर नगर क्षेत्रलाई खेलकुदको नामले चिनाउन प्रदेश सरकारले गरेको सहयोगका लागि धन्यावाद दिएका छन् ।

प्रतियोगितामा चर्च ब्याईज यूनाईटेड काठमाडौं, गोर्खा ब्वाईज स्पोर्ट्स क्लब बुटवल, सुदूरपश्चिम ११, स्पोर्ट्स क्लब धनगढी, त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौं, कोहलपुर रेसिङ्ग सहारा क्लब कोहलपुर, वीएफसी चितवन क्लब, एभिनियर एफसि क्यामरुन र दुधौली स्पोर्ट्स क्लब सिन्धुली समेत आठ टिम सहभागी छन् ।

Published : Wednesday, 2023 November 1, 8:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया