एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक प्राप्त

काठमाडौं । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक प्राप्त गरेको छ ।

नेपालले महिला कबड्डीतर्फ कास्य पदक प्राप्त गरेको हो । महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ ।

भारतसँग पराजित भएसँगै नेपाल कास्य पदकमा सीमित भएको छ । शुक्रबार बिहान सम्पन्न सेमिफाइनल खेलमा भारतले नेपाललाई ६१–१७ अंकले पराजित गरेको छ ।

नेपाल समूह ‘बी’को उप–विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको छ । भारत समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनमा प्रवेश गरेसँगै नेपालले जारी एसियाली प्रतियोगितामा कम्तिमा कास्य पदक पक्का गरेको छ ।

कबड्डीमा सेमिफाइनल पुग्ने चारवटै टोलीले पदक प्राप्त गर्ने प्रावधान छ ।

महिला कबड्डीतर्फ नेपालले पहिलोपटक एसियाली खेलकुदमा भाग लिएको छ । नेपाल रहेको समूह ‘बी’ मा इरान र बंगलादेश रहेका थिए । इरान समूह ‘बी’को विजेताका रूपमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

Published : Friday, 2023 October 6, 10:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया