२०३० मा विश्वकप फुटबलका खेलहरू कहाँ हुनेछन् ?

लण्डन । विश्व फुटबलको नियामक निकाय फिफाले सन् २०३० को विश्वकप तीन महादेशका ६ देशमा आयोजना गर्ने जनाएको छ ।

स्पेन, पोर्चुगल र मोरोक्कोलाई सह–आयोजक घोषणा गरिएको छ । सुरुवाती खेल दक्षिण अमेरिकी राष्ट्रहरू उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा खेलाइनेछ ।

मोन्टेभिडियोमा विश्वकप शुरु भएको १ सय वर्ष पुगेको अवसरमा तीन खेल खेलाइन लागेको छ ।

निर्णयलाई आगामी वर्ष आयोजना हुने फिफाको कंग्रेसमा पारित गर्नेछ । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले भने, ‘विभाजित विश्वमा, फिफा र फुटबल एकताबद्ध हुँदैछ ।’

Published : Wednesday, 2023 October 4, 10:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया