बलात्कारको आरोप लागेका क्रिकेटरले अदालतबाट सफाइ पाए

मेलबर्न । अस्ट्रेलियाको सिड्नीमा महिलालाई जबरजस्ती करणी गरेको आरोप लागेका श्रीलंकाका क्रिकेटर दनुस्का गुनाथिलकाले सफाइ पाएका छन् ।

दनुस्कालाई न्यायालयले निर्दोष सावित भएको जनाएको छ । दनुस्कामाथि नोभेम्बरमा अस्ट्रेलियाको सिड्नमा महिलालाई जबरजस्ती करणी गरेको आरोप लागेको थियो ।

अघिल्लो वर्ष सम्पन्न आईसीसी टी—२० विश्वकप खेल्न अस्ट्रेलिया गएको बेला श्रीलंकाली क्रिकेटर गुनाथिलकामाथि बालात्कारको आरोप लागेको थियो । टी—२० विश्वकप सन् २०२२ को अक्टोबर १६ देखि नोभेम्बर १३ अस्ट्रेलियामा आयोजना भएको थियो ।

बालात्कारको आरोप लागेपछि श्रीलंका श्रीकेट (एसएलसी)ले गुनाथिलकालाई निलम्बन गरेको थियो । पीडित भनिएकी महिलाले आफूमाथि पटक—पटक बलात्कार भएको आरोप लगाएकी थिइन् ।

सिड्नीको प्रहरीले क्रिकेटर गुनाथिलकालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको थियो । गुनाथिलका न्यु साउथ वेल्स जिल्ला अदालतबाट निर्दोष सावित भएका हुन् । न्यायालयबाट निर्दोष सावित भएपछि गुनाथिलकाले आफू छिट्टै पुन: क्रिकेटमा फर्कने बताएका छन् ।

गुनाथिलकाले श्रीलंकाका लागि आठ टेस्ट, ४७ एकदिवसीय अन्तर्राष्ट्रिय र ४६ वटा टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका छन् ।

Published : Thursday, 2023 September 28, 7:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया