युथ फिटनेशको उपाधि सविता र बिकिनले जिते

काठमाडौं । सविता ह्यान्जु र बिकिन जोशी नेपाली युथ फिटनेश एण्ड केलिसथेनिक्सको आयोजनामा भएको राष्ट्रब्यापी पावरलिफ्टिङ्ग प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

जोशी र ह्यान्जुले समग्ररुपमा नेपालको स्ट्रङ्गेष्ट एथलेटको उपाधीका साथै नगद ३७ हजार ५ सय, मेडल, ट्रफी र विभिन्न आकर्षक उपहारहरू प्राप्त गरेका छन् ।

दुईदिने प्रतियोगितामा पुरुष खुल्ला, महिला खुल्ला, जुनियर र मास्टर्स गरि ४ वटा विधा अन्तर्गतको विभिन्न ११ वटा समूहमा आधारित खेल गराइएको थियो ।

पुरुष खुल्ला अन्तर्गत ६२ केजी वजन समूहमुनिको खेलमा निमेष चुकान, बलबहादुर सुनार र दिनेश सिख्राकर ६२.१ केजी, (६९ केजी वजन समूहको खेलमा बिकिन जोशी, बिक्रम थापा र बिकास गुरुङ्ग, ६९.१ केजी) ७७ केजी वजन समूहको खेलमा रबिन राई, विजु लामा र विजय प्रजापति, ७७.१ केजी (८५ केजी वजन समूहको खेलमा विकेस श्रेष्ठ, राजिब श्रेष्ठ र अर्जुन श्रेष्ठ र ८५+ केजी वजन समूहक खेलमा ओजस जोशी, मनोज श्रेष्ठ र मनीष शाक्यले क्रमश: प्रथम द्वितीय र तृतीय स्थान हासिल गरि पुरुष विधा अन्तर्गतको पाँच वटा वजन समूहको खेलमा समूहगत विजेता भएका छन् ।

महिला खुल्ला विधाअन्तर्गत ५८ केजी वजन समूहको खेलमा सबिता ह्यान्जु, आश्मा श्रेष्ठ र नेहा रय, ५८.१ केजी (६४ केजी वजन समूहको खेलमा पुनम बोम्जन, एन्नि दर्जि र एलि लिम्बू, ६४+ केजि वजन समूहको खेलमा शर्मिला शाह, जुनु महर्जन र मनुकला राईले क्रमश: प्रथम द्वितीय र तृतीय स्थान हासिल गरि महिला खुल्ला अन्तर्गतको तीन वटा वजन समूहमा आधारित प्रतिस्पर्धाको समूहगत विजेता भए ।

जुनियरअन्तर्गत २१ वर्षमुनिको उमेर समूहबीचको खेलमा जेम्स (विप्लव), राजिव खड्का र सुधिर श्रेष्ठले क्रमश: प्रथम द्वितीय र तृतीय स्थान हासिल गरेका छन् ।

मास्टर्स पुरुष ४५+ उमेर समूहको खेलमा ताराबहादुर थापा क्षेत्री, रोशन मानन्धर र दिलेन्द्र महर्जनले क्रमश: प्रथम द्वितीय र तृतीय स्थान हासिल गरेका छन् ।

मास्टर्स महिला ४०+ को उमेर समूहको खेलमा लक्ष्मी महर्जन, पूजा प्रधान र माया मगरले क्रमश: प्रथम द्वितीय र तृतीय स्थान हासिल गरेका छन् ।

प्रतियोगितामा पुरुष खुल्ला, महिला खुल्ला, जुनियर र मास्टर्स अन्तर्गतको प्रत्येक समूहको खेलमा प्रथम द्वितीय र तृतीय स्थान हासिल गर्न सफल समूहगत विजेता खेलाडीहरूलाई प्रोत्साहन स्वरुप क्रमश: १५ हजार, १० हजार ५ हजार नगद पुरस्कार साथै मेडल ट्रफी र आकर्षक उपहारहरूबाट पुरस्कृत गरिएको छ ।

सबैभन्दा बढी अंक प्राप्त गर्न सफल गो फिट, भक्तपुरले नेपालको स्ट्रोङ्गेस्ट क्लब २०२३ को उपाधी प्राप्त गर्न सफल भएको छ । प्रतियोगितामा देशभरबाट १६४ खेलाडीहरूले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

Published : Thursday, 2023 September 28, 4:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया