यू-१९ च्याम्पियनसिपमा नेपालको सम्भावना कायमै

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–१९ च्याम्पियनसिपमा पाकिस्तान, भारत र भुटान सेमिफाइनलमा प्रवेश गरेका छन् ।

पहिलोपटक सहभागी भएको पाकिस्तान समूह ‘ए’बाट सेमिफाइनल प्रवेश गरेको छ । भुटान र भारत समूह ‘बी’बाट एक खेलअघि नै अन्तिम चारको यात्रा तय गरेका छन् ।

शनिबार पाकिस्तानले माल्दिभ्सलाई १–१ को बराबरीमा रोक्दै पहिलो सहभागिता सानदार बनाएको छ । जितसँगै पाकिस्तानले दुई खेलमा चार अंक जोडेको छ । बराबरीसँगै प्रतियोगितामा एक खेलबाट माल्दिभ्सले १ अंक जोडेको छ । अब नेपाल र माल्दिभ्समध्ये एक टोली अन्तिम चारमा प्रवेश गर्नेछ ।

नेपाललाई सेमिफाइनल प्रवेशका लागि माल्दिभ्सलाई हराउनैपर्ने दबाब छ । माल्दिभ्स भने बराबरीले पनि अन्तिम चारमा प्रवेश गर्नेछ । पहिलो खेलमा नेपाल पाकिस्तानसँग १–० ले पराजित भएको थियो । दशरथ रंगशालामा ३९औँ मिनेटमा कप्तान सनान रासिदको गोलमार्फत माल्दिभ्सले अग्रता लिएको थियो । ८४औँ मिनेटमा साह जहानले गोल गर्दै पाकिस्तानलाई बराबरीमा ल्याएका थिए ।

बगंंलादेशविरुद्ध ४–३ को रोमाञ्चक जित निकाल्दै भुटान एक खेलअघि नै सेमिफाइनल प्रवेश गरेको छ । जितसँगै समूह ‘बी’को भुटानले तीन अंक जोडेको छ ।

लगातार दोस्रो हारपछि दुईपटकको उपविजेता बगंलादेश समूह चरणबाट माथि बढ्न सकेन । बंगलादेशको हारसँगै भारत पनि एक खेलअघि नै अन्तिम चारमा प्रवेश गरेको छ । पहिलो खेलमा भारतले बंगलादेशलाई ३–० ले हराएको थियो ।

Published : Sunday, 2023 September 24, 9:07 am

फेसबुकबाट तपाईको प्रतिक्रिया