भारतको हातमा पुग्यो एसिया कपको उपाधि
नयाँदिल्ली । श्रीलंकालाई दश विकेटले हराउँदै भारत एसिया कपको विजेता बनेको छ ।
श्रीलंकाले दिएको ५१ रनको लक्ष्य ६.१ ओभरमा पूरा गर्दै भारत आठौंपटक एसिया कपको विजेता बनेको छ । शुभम गिलले २७ र इशान किसनले २३ रन बनाएर भारतलाई जित दिलाए ।
यसअघि श्रीलंका १५.२ ओभरमा अलआउट हुँदै ५० रन बनाएको थियो । छ पटकको विजेता श्रीलंकाको ब्याट धरासायी बनाउँदै भारतका मोहम्मद सिराज नायक बने। ७ ओभर बलिङ गरेका उनले ६ विकेट लिए । हार्दिक पाण्डेले ३ र जसप्रित बुमराहले १ विकेट लिए ।
सिराजले चौथो ओभरमा ५ विकेट लिएका थिए । श्रीलंकाले पावर प्लेइङको छैटौं ओभरमै ६ विकेट गुमाएको थियो । छैटौं ओभरको समाप्तिमा उसले १३ रन बनाएर ६ विकेट गुमाएको थियो ।
श्रीलंकाका कुशल परेरा, सदीरा, चारिथ अशलंका र दसुन शनाका शून्य रनमै आउट भए । श्रीलंकाका लागि कुशल मेन्दासले सर्वाधिक १७ रन बनाएङ्का थिए । दसन हेमन्थाले अविजित १३ रन बनाउँदा अन्यले दोहोरो अंकको रन बनाउन सकेनन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया