असोज २७ गते उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ हुने
काठमाडौं । दशैंको घटस्थापनाभन्दा अघिल्लो शनिबार सञ्चालन हुँदै आएको ‘उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ’को सातौं संस्करण आउँदो असोज २७ गते शनिबार हुने भएको छ ।
उज्ज्वल तारा स्कुल काँडाघारीले आयोजना गर्दै आएको ५ किलोमिटर दुरीको दौडको तयारीबारे उज्ज्वल तारा स्कुलमा शनिबार हालसम्मको तयारीबारे जानकारी दिइएको छ ।
विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष गायत्री कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा खेलाडी, स्थानीय वडाका जनप्रतिनिधि, प्रहरी अधिकारी, स्थानीय समाजसेवी तथा पत्रकारहरूको सहभागिता थियो ।
दौडका संयोजक एवम् नेपाली सेनाका महासेनानी विष्णु कार्कीले दौडको तयारीबारे जानकारी दिँदै गतवर्षमा झैं यो वर्ष पनि विभिन्न ७ वटा उमेर समूहको विधामा प्रतियोगिता आयोजना गरिने बताए ।
महासेनानी कार्कीका अनुसार प्रतियोगितामा खुल्लातर्फ १८ वर्षभन्दा माथिका उमेर समूहको महिला र पुरुष गरि दुई विधा, अभिभावकतर्फ पुरुष र महिला गरि दुई विधा, युगल जोडीको एउटा विधा र ५५ वर्ष उमेर माथि समूहको पुरुष र महिला २ विधा गरि ७ वटा विधा रहनेछ ।
दौडका विजेताहरूलाई विधा अनुसार नगद, ट्रफी, पदक र प्रमाणपत्रको साथै पोखरा र चितवनका तारे होटेलहरूमा एक रात खानेबस्ने सुविधासहितको उपहार रहेको महासेनानी कार्कीले बताए ।
कार्कीका अनुसार दौडमा सहभागी हुन प्रत्येक सहभागीले दर्ता शुल्क वापत ३५० रुपियाँ तिर्नुपर्ने र त्यसरी संकलन भएको सबै रकम वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाले स्थापना गर्न लागेको गैरनाफामूलक ‘वाल मुटुरोग अस्पताल’लाई हस्तान्तरण गरिनेछ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया