यौन सम्पर्क राख्ने रियल म्याड्रिड क्लवका खेलाडीहरू पक्राउ

लण्डन । रियल म्याड्रिड क्लवका तीन जना फुटबल खेलाडीलाई स्पेनको प्रहरीले पक्राउ गरेको जनाएको छ ।
नाबागिलसँग यौन सम्पर्क राखेको भिडियो वितरण गरेको आरोपमा तीन जना युवा फुटबल खेलाडीलाई बिहीबार राति पक्राउ गरिएको जनाइएको छ ।
पक्राउ परेका खेलाडीहरू भने नाबालिग होइनन् । उनीहरूले नाबालिगसँग यौन सम्पर्क गरेको भिडियो वितरणका लागि प्रयोग गरेको मोबाइल फोन पनि प्रहरीले जफत गरेको छ ।
पक्राउ गरेका तीन जना खेलाडीलाई न्यायालयले जमानतमा रिहा गरेको छ ।
ती नाबालिगको आमाले सेप्टेम्बर ६ तारिखमा दिएको उजुरीका आधारमा प्रहरीले खेलाडीलाई पक्राउ गरेको थियो ।
ती नाबालिगको उमेर १६ वर्ष रहेको छ । पक्राउ परेका युवा फुटबल खेलाडीले जुनमा ती नाबालिगको जानकारी बिना नै भिडियो रेकर्ड गरिएको बयान दिएका छन् ।
तीन जना खेलाडी रियल म्याड्रिड क्लवको युथ एकेडेमीका सदस्य हुन् । उनीहरू रियल म्याड्रिडको तेस्रो श्रेणीको क्लबको सदस्य पनि हुन् ।
तीन जनाका बाहेक घटनामा अन्य खेलाडीको समेत सहभागिता रहेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । पक्राउ परेका खेलाडीको नाम भने सार्वजनिक गरिएको छैन ।
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
फेसबुकबाट तपाईको प्रतिक्रिया