जर्मनीका फुटबल प्रशिक्षकलाई बर्खास्त

लण्डन । फुटलब प्रशिक्षक हान्सी फ्लिकलाई जर्मनीको प्रशिक्षकबाट बर्खास्त गरिएको छ ।

जर्मनीको वुल्फ्सबर्गमा शनिबार भएको मैत्रीपूर्ण खेलमा जापानसँग ४–१ ले पराजित भएपछि हान्सीलाई बर्खास्त गरिएको छ ।
सन् १९२६ पछि बर्खास्त हुने उनी पहिलो जर्मनीको प्रशिक्षक बनेका छन् ।

जर्मनीले आफ्ना पछिल्ला पाँच खेलमध्ये चार हारेको छ । फ्लिकले अगस्ट २०२१ मा जोआचिम लोलाई प्रतिस्थापन गरेदेखि आफ्ना २५ खेलहरूमा १२ जित मात्रै जितेको छ ।

सन् २००० देखि २००४ सम्म टोलीको व्यवस्थापन गरेका रुडी भोलरले मंगलबार फ्रान्ससँगको मैत्रीपूर्ण खेलको लागि अस्थायी जिम्मेवारी लिएका छन् ।

जर्मनीका पूर्व स्ट्राइकर ६३ वर्षीय भोलरलाई फेब्रुअरीमा जर्मन राष्ट्रिय टोलीको निर्देशक नियुक्त गरिएको थियो ।
५८ वर्षीय फ्लिक सन् २००६ देखि २०१४ सम्म जर्मनीमा लोको सहायक प्रशिक्षक थिए ।

हान्सीको कार्यकालको सुरुवात लगातार आठ जितबाट भएको थियो । उनको फर्म क्रमश: खराब हुँदै गयो । गत वर्षको विश्वकपमा जर्मनी समूह चरणबाटै बाहिरिएको थियो ।

उनका सहयोगी मार्कस सोर्ग र ड्यानी रोहल पनि बर्खास्त भएका छन् । ओमान, कोस्टारिका र पेरु मात्र जर्मनीले विगत १२ महिनामा पराजित भएका टोली हुन् ।

Published : Monday, 2023 September 11, 9:52 am

फेसबुकबाट तपाईको प्रतिक्रिया