नेपाल आईटीएफको महासचिवमा मगर सर्वसम्मत

काठमाडौं । नेपाल आईटीएफको महासचिवमा घमबहादुर थापा मगर सर्वसम्मत भएका छन् ।

पोखरामा भएको सातौँ महाधिवेशनबाट मगर महासचिवमा सर्वसम्मत भएका हुन् ।

अध्यक्षसहितका अधिकांश पदमा निर्वाचन भएको छ । महासचिवमा मगरलाई अन्य खेलाडी प्रतिनिधिहरूको साथ रहेपछि सर्वसम्मत भएका हुन् ।

महासचिवमा सर्वसम्मत भएपछि मगरले सबैलाई धन्यावाद दिएका छन् । उनले महासचिव पदमा रहँदासम्म खेल र खेलाडीको हित तथा संस्थाको गरिमा बचाउन भूमिका खेल्ने बताएका छन् ।

Published : Tuesday, 2023 September 5, 8:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया