टी–२० शृङ्खलामा इंग्ल्याण्डलाई शानदार जीत
लण्डन । टी–२० क्रिकेटको शृङ्खलामा इंग्ल्याण्डले दोस्रो खेलमा न्यूजिल्याण्डमाथि ९५ रनको शानदार जीत हासिल गरेको छ ।
इंग्ल्याण्डले २–० को अग्रता बनाएको हो । इंग्ल्याण्डले प्रस्तुत गरेको १ सय ९९ को लक्ष्य पछ्याउने क्रममा न्यूजिल्याण्डले १३.५ ओभरमा मात्र १०३ रन बनाउन सक्यो ।
न्यूजिल्याण्डलाई सस्तोमा समेट्न गस एट्किन्सनले ४ तथा आदिल रसिदले २ विकेट लिए । न्यूजिल्याण्डका लागि टिम सेफर्टले सर्वाधिक ३९ रन बनाए । ग्लेन फिलिप्सले २२ तथा मार्क च्यापम्यानले १५ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
यसअघि जोनी ब्रेस्टोको ८६ रनको मद्दतले इंग्ल्याण्डले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १९८ रन बनाएको थियो ।
उनलाई ह्यारी ब्रुकले ६७ रन बनाउँदै राम्रो साथ दिए । न्यूजिल्याण्डका लागि इस सोधीले २ विकेट लिए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया