ओल्गाको गोलले महिला विश्वकप फुटबलमा स्पेनलाई उपाधि
सिड्नी । महिला विश्वकप फुटबलको उपाधि स्पेन पहिलोपल्ट जितेको छ ।
आइतबार भएको फाइनलमा स्पेनले इंग्ल्यान्डमाथि १–० को जित निकालेको हो । कप्तान ओल्गा कारमोनाले खेलको एकमात्र निर्णायक गोल २९औं मिनेटमा गरेकी थिइन् ।
दोस्रो हाफको ७०औं मिनेटमा पेनाल्टीबाट गोल दोब्बर बनाउने मौकाबाट भने स्पेन चुकेको थियो । जेहोस्, स्पेनलाई महिला फुटबलको सबैभन्दा ठूलो उपाधि जित्ने पाँचौं टिम हुनबाट इंग्ल्यान्डले रोक्न भने सकेन ।
७६ हजार दर्शकले भरिएको स्टेडियम अस्ट्रेलियामा स्पेनले सुदृढ खेल प्रदर्शनमात्र गरेन, गोलका लागि बढी मौका पनि सिर्जना गरेको थियो । विश्वकपको ऐतिहासिक सफलता स्पेनका लागि जति महत्त्वपूर्ण थियो, त्यति नै टिम प्रशिक्षक जोर्गे भिल्डा र स्वयं स्पेनी फुटबल संघका लागि पनि ।
गत वर्ष १५ खेलाडीले प्रशिक्षक भिल्डाको नेतृत्वमा आफूहरू खेल्न अनिच्छुक रहेको बताउँदै विद्रोह गरेका थिए । तर स्पेनी फुटबल संघको भिल्डालाई नै प्रशिक्षकमा कायम राख्दै विश्वकपमा उत्रने निर्णयलाई आइतबारको विश्वकप जितले सही ठहर्यायो । खेल हेर्न स्टेडियम पुगेकी स्पेनी महारानी लेटजिआको अगाडि डिफेन्डर कारमोनाले लेफ्ट ब्याकले कोणलाई साँघुरो पार्दै गरेको प्रहारलाई गोलमा परिणत गराएकी थिइन् ।
इंग्ल्यान्डलाई पहिलो पटक फाइनल पुर्याए पनि इंग्लिस प्रशिक्षक सरिना वेगमनका लागि भने विश्वकप फाइनल लगातार दोस्रो हार बन्यो । हारपछि इंग्लिस कप्तान मिली ब्राइघट भावुक रहिन् र मानिन्, पहिलोपल्ट विश्वकप जित्ने सपना साकार पार्न आफ्ना टिमले राम्रो प्रदर्शन गर्न सकेन ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया