स्पेन महिला विश्वकप फुटबलको फाइनल प्रवेश
लण्डन । स्वीडेनलाई २–१ पराजित गर्दै स्पेन महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
८१औं मिनेटसम्म गोलरहित बराबरी भएको खेलमा त्यसपछि ८ मिनेटभित्र ३ गोल भएको थियो ।
स्पेनकी साल्मा चेलेस्टी एइङ्गोनोले ८१ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् । अग्रता स्पेनले ७ मिनेटपछि गुमाएको थियो ।
८८औं मिनेटमा लिना हार्टिगको हेडर असिस्टमा रेबिक्का ब्लोम्क्लोभिटले गोल गर्दै खेल बराबरी गरिन् ।
स्पेनले त्यसको एक मिनेट पनि नबित्दै फेरि अग्रता बनायो । ८९औं ओलगा कार्मोनाले कर्नरबाट आएको बललाई पोष्टको दिशा दिइन् । उनले हानेको बल पोष्ट बारमा ठोकिँदै गोल भएको छ ।
गोल हुन नसकेपछि स्पेन पहिलो पटक विश्वकप फाइनल पुगेको छ । स्पेनले अष्ट्रेलिया वा इङ्ल्यान्डमध्ये एकसँग फाइनल खेल्नेछ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया