स्विडेन महिला विश्वकपको सेमिफाइन प्रवेश, जापान निरास

लण्डन । स्विडेन फिफा महिला फुटबल विश्वकप २०२३ को सेमिफाइनलमा पुगेको छ ।

शुक्रबार भएको दोस्रो क्वार्टरफाइनलमा जापानलाई २–१ गोलले पराजित गर्दै स्विडेन अन्तिम चारमा पुगेको छ ।

खेलको ३२ मिनेटमा इलेस्टेन्डको गोलबाट स्विडेनले खेलमा अग्रता लिएको थियो । ५१ मिनेटमा एनगेलहानले पेनाल्टीबाट स्विडेनको अग्रता दोब्बर पारेकी थिइन् ।

७६ मिनेटमा जापानले पेनाल्टी पाएको थियो । जसमा जपानकी उकीको प्रहार बारमा लागेको थियो ।

जापानले ८७ मिनेटमा गोल गर्दै खेलमा फर्कने आसा जगाएको थियो । जापानका लागि हायाशीले गोल गरेकी थिइन् ।

सेमिफाइनलमा स्विडेन र स्पेनबीच प्रतिस्पर्धा हुनेछ । स्पेनले नेदरल्यान्डसलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो ।

Published : Friday, 2023 August 11, 3:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया