अष्ट्रेलियाका महिला खेलाडीको कमालपछि अन्तिम ८ मा स्थान पक्का

काठमाडौं । अस्ट्रेलियाले महिला विश्वकप २०२३ मा डेनमार्कलाई सजिलै २–० ले पराजित गर्दै अन्तिम आठको यात्रा निश्चित गरेको छ ।

सह–आयोजक रहेको अस्ट्रेलियाले खेलको प्रत्येक हाफमा एक–एक गोल गरेको छ । अस्ट्रेलियामा भएको खेलमा क्याटलिन फोर्डले २९ औं मिनेटमा पहिलो गोल गरिन् । ७१ औं मिनेटमा हेली रासोले दोस्रो गोल थप्दै अस्ट्रेलियाको जित निश्चित गरिन् ।

डेनमार्कले खेलमा राम्रो सुरुआत गरे पनि त्यसलाई कायम राख्न सकेन । अस्ट्रेलियाले यो जितका लागि धेरै संघर्ष भने गर्नुपरेन ।

अब अस्ट्रेलियाले क्वाटरफाइनलमा फ्रान्स र मोरक्कोबीच हुने खेलको विजेताको सामना गर्नेछ ।

Published : Tuesday, 2023 August 8, 3:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया